• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यान ‘थारमारे महाेत्सव’काे दाेस्राे दिन बले-कक्रोज लगाएतका कलाकारहरु आए


बैशाख ७, सल्यान ।

सल्यानको थारमारेमा जारी महाेत्सवमा शनिबार चर्चित हाँस्य कलाकार हरि निरौँला ‘कक्रोज’, शागर तम्साल ‘बले’, लोकदोहोरी गायक कृष्ण रेउले लगाएतका कलाकारले प्रस्तुती राखेका छन् । युनिभर्स युथ क्लवकाे आयाेजनामा भएकाे महाेत्सवकाे दाेस्राे दिन शनिबार यी कलाकारहरुकाे बिषेश प्रस्तुती रहेकाे थियाे ।

जनकल्यान नमुना माविको प्राङ्गनमा जारी महोत्सवमा सनिबार यी कलाकारहरुले दर्शकहरुको ध्यान तानेका थिए । द्वय हाँस्य कलाकारले समाज रुपान्तरणको लागी हास्यब्यांगे अभिनयबाट दर्शकको ध्यान तानेका थिए भने गायक रेउलेले लोकदोहोरी गीतबाट दर्शकहरुलाई छमछमी नचाएका थिए ।

महोत्सवमा अन्य डान्सर तथा गायक गायिकाहरुले पनि सांगितीक प्रस्तुती राखेका थिए । कलाकारहरुको प्रस्तुती राम्रो भएपनि आयोजकले सोचेअनुसारको मैदानमा दर्शकको उपस्थिीती भने देखिएको थिएन् ।

शुक्रबारदेखि सुरु भएको महोत्सव बैशाख १५ गतेसम्म संचालन हुनेछ । महोत्सवमा अन्य चर्चित कलाकार अन्जु पन्त, कुलेन्द्र विक, टंक बुढाथोकी, जिवन शर्मा, प्रकाश सपुत, पुर्णकला विसी, चन्द्र शर्मा, हेमन्त शर्मा, शक्ती चन्द, भागिरथ चलाउने, तिलक ओली, दुर्गेश थापा, भुमिका गिरी लगाएतको प्रस्तुती रहने छ ।

त्यस्तै चर्चित हाँस्य कलाकार कमल गाउँले, प्रकाश कडेल (गुलेली कान्छा) पनि कार्यक्रममा आउने आयोजकले जनाएको छ । कार्यक्रममा बाल कलाकार असोक दर्जि र ए.आर. बुढाथोकीको समेत प्रस्तुती रहने बताइएको छ ।

त्यसैगरी कार्यक्रममा अन्य थुप्रै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सवको मुख्य आयोजक युनिभर्स युथ क्लवले गरेको छ भने सह आयोजना छत्रेश्वरी म्यानेजमेन्ट प्रालि नेपालले गरेको छ ।

महोत्सवका अन्य आकर्षणहरुमा रोटेपिङ, बाल उद्यान, सल्यानमा उत्पादित अर्गानीक बस्तुको स्टल र हरेक दिन लाइभ दोहोरी रहने आयोजकले जनाएको छ ।

तस्बिर : उत्तर कुमार शाहु

प्रकाशित मिति : २०७६ बैशाख ७ गते शनिवार