एनसेलको भर पर्दा सल्यानमा सेवाग्राही मारमा परे


बैशाख ८, सल्यान ।

सल्यानमा एनसेल सिम प्रयोगकर्ताहरु मारमा परेका छन् ।

१ महिना अघि देखि एनसेलको नेटवर्कमा खरावी हुदाँ सेवाग्राहीहरु मारेमा परेका हुन् । जिल्लाका सबैजसाे भागमा एनसेलले आफ्नाे सेवा विस्तार गरेकाे छ । तर नेटवर्कमा आएकाे समस्या सामाधान नहुँदा सेवाग्राहीहरु मारमा परेका हुन् ।

एनसेलबाट फोन गर्दा कुरा नवुझिने र पैसा काटीहाल्ने भएकाले नागरिकलाई लुटिरहेको स्थानीयले दुखेसो गरेका छन् । माेबाइलमा फाेन आएपछि फाेन उठाउन खाेज्दा पनि फाेन नउठ्ने, कनेक्ट कट्ने समस्या एनसेलमा देखिएकाे छ ।

बिषेशगरी एनसेलकाे मात्रै भर पर्नुपर्ने स्थानका नागरिकलाइ याे समस्या देखिएकाे छ । जिल्लाकाे पश्चिम क्षेत्रमा एनलेकाे मात्रै भर पर्नुपर्ने बाध्यता रहेकाे छ । यहाँ नेपाल टेलिकमले आफ्नाे सेवा प्रवाह नगर्दा एनसेलको भर परेका नागरिकले समस्या झेलेका छन् ।

जिल्लाकाे अन्य गाउँहरुमा पनि याे समस्या छ । कहिले निशुल्क सिम बाड्ने, बाेनसमा सिम बाड्ने गरेका कारण अधिकांश नागरिकहरुले एनसेल प्रयाेग गर्दै आएका थिए भने नेपाल टेलिकमकाे सेवा विस्तार नभएकाेले पनि नागरिकले एनसेल प्रयाेग गर्ने गरेका थिए । एनसेलको कस्टमर केयर सेन्टरमा गुनासो गर्दा समेत सेवा सुधारमा उक्त कम्पनीले चासो नदिएको सेवाग्राहीहरुले बताउने गरेका छन् ।

 

प्रकाशित मिति : २०७६ बैशाख ८ गते आइतवार