• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

दाङका राजकुमार श्रेष्ठको हत्यामा थुनुवा बसेकी पुजाले सल्यानमा सुत्केरीलाई रगत दिएर बचाइन्


बैशाख ८, सल्यान ।

सल्यानमा सुत्केरीको ज्यान बचाउन एक थुनुवाले रगत दिएकी छिन ।

रोल्पाको गंगादेव गाउपालिका ७ की २१ बर्षिय मनिषा केसी ओलीको जिल्ला अस्पताल सल्यानमा रगत अभाबका कारण उपचारमा समस्या भएपछि थुनुवा पुजा घर्तीले रक्तदान गरेकी हुन । सुत्केरीलाई उनि सहित ४ जनाले रक्तदान गरेका हुन् ।

रक्तदान गर्नेहरुमा पुजासँगै शसस्त्र प्रहरी गोपाल बस्नेत, अस्पतालका अंकित चन्द, स्टोर किपर मनोज सिंह पनि रहेका छन् । जिल्ला कारागारमा रहेकी पुजाले जिल्ला अस्पतालको बेडमा रगतको अभावमा सुत्केरी छट्पटाई रहेको थाहा पाएपछि रक्तदान गरेकाे बताइन् ।

शुक्रबार बिहान ८ बजेदेखि सुत्केरी ब्यथा लागेपनि मनिषालाई सनिबार बिहान ७ बजे मात्रै सल्यान अस्पतालमा ल्याईएको थियो । पेटको बच्चाको पहिले नै मृत्यू भैसकेकाले शल्यक्रिया गरेर बच्चा निकालेर आमाको ज्यान बचाउन सफल भएको उपचारमा संलग्न डाक्टर प्रदिप शर्माले बताए ।

को हुन् पुजा

सुत्केरीलाई रगत दिएर बचाउने पुजा घर्ति दाङ तुलसीपुरका ब्यापारी राजकुमार श्रेष्ठको हत्या प्रकरणमा संगलन भएको अभियोगमा जिल्ला कारागार सल्यानमा थुनुवामा रहेकी छिन् । उनको घर तुलसीपुर—६ स्याउलीबजारमा पर्छ ।

तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको २०७४ जेठ २६ गते अपहरण गरेर हत्या गर्नेमा पुजाको मुख्य भुमिका भएको भन्दै प्रहरीले उनिसहित १० जनालाई पक्राउ गरेर २०७४ साउन २५ गते सल्यान कारागारको थुनुवामा चलान गरेको थियो ।

अहिले उनको मुद्दा प्रकृयामै भएको कारागारका निमित्त प्रमुख डम्बर विष्टले लेकाली अनलाइनलाई बताए । उनका अनुसार सल्यानमा कैदिले रक्तदान गरेको यो नै पहिलो घटना हो ।

प्रकाशित मिति : २०७६ बैशाख ८ गते आइतवार