• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

सल्यानमा चट्याङ पर्दा २ व्यक्ति घाइते


बैशाख ८, सल्यान ।

सल्यानमा चट्याङ पर्दा दुई व्यक्ति घाइते भएका छन् ।

जिल्लाको शारदा नगरपालिका १३ लेखटाकुरामा आइतबार साँझ ५ : ३० बजेतिर परेको चट्याङ २ व्यक्ति घाइते भएका हुन्छ । घाइते हुनेमा स्थानीय श्री सृजनशिल प्राबिका शिक्षिका मिना गिरि र अर्का लोक बहादुर बुढा मगर रहेको स्थानीय भुपेन्द्र विकले लेकाली अनलाइनलाई बताए ।

उनका अनुसार गिरी बेहोस अवस्थामा छिन् भने मगर सामान्य घाइते भएका छन् । उनिहरुलाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा ल्याउन लागेको परिवारले जनाएको ।

प्रकाशित मिति : २०७६ बैशाख ८ गते आइतवार