• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

तुलसीपुर १० मा ,अपांगता भएका व्यक्तिहरुकाे क्षमता विकास तालिम सम्पन्न


दाङ सम्बादाता बैशाख ९, दाङ । तुलसिपुर उपमहानगरपालिका वडा नं.१० मा बाख्रा र बंगुर वितरण तथा अपांगता भएका व्यक्तिहरुकाे क्षमता विकास तालिम सम्पन्न भयाे ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.१०काे अार्थीक सहयाेग तथा वडास्तरिय अपांगता समन्वय समितिकाे अायाेजनामा वडा नं.१०मा सम्पन्न भएको थियोे ।

अपांगता समन्वय समितिका संयाेजक तिलसरा पुनकाे सभापतित्व तथा वडा अध्यक्ष कुमार लामिछानेकाे प्रमुख अातिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बाेल्दै प्रमुख अतिथि लामिछानेले वडामा रहेका अपांगता भएका व्यक्तिहरु वडाका गहना भएकाले उनिहरुकाे संरक्षण गर्नु र अन्य नागरिक सरह समान विकास गर्नु अाफ्नाे प्रमुख दायित्व भएको कुरा व्यक्त गर्नु भएको थियाे ।

कार्यक्रममा बाेल्दै उहाँले अपांगता भएका व्यक्तिहरुकाे अार्थीक विकास गरि अायअार्जनमा सम्लग्न गराउँदै जीविकोपार्जनमा सहजता ल्याउने मुख्य उद्देश्यका साथ वडामा रहेका अपांगता भएका व्यक्तिहरुलाई बाख्रा तथा बंगुर वितरण गरिएकाे र याे कार्य अागामी वर्षमा पनि निरन्तर अगाडि बढाउँदै लैजाने र हरेक प्रकारका अपांगता भएका व्यक्तिहरुकाे क्षमता विकासमा जाेड दिने खालका कार्यक्रम अगाडि बढाउने कुरा व्यक्त गर्नु भएको थियोे ।

अपांगता समन्वय समितिका उपाध्यक्ष माेहनलाल धितालकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वडा सदस्य शेरबहादुर खड्का , पत्रकार कमल केसी लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमा प्रशिक्षक प्रतिमा शर्मा र देवा डाँगीले अपांगता भएका व्यक्तिहरुकाे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिगत व्यवस्था र नेपाल सरकारले प्रदान गर्ने सेवा सुविधा तथा प्राप्त गर्ने प्रक्रियाहरुका बारेमा प्रशिक्षण गर्नुभएको थियोे ।

उक्त अवसरमा १२ जना अपांगता भएका व्यक्तिहरुलाई बाख्रा र ३ जनालाई बंगुर वितरण गरिएको थियोे । ५५ जना व्यक्तिहरुकाे सहभागीता रहेकाे उक्त कार्यक्रमकाे सहजिकरण सुस्मिता लामिछानेले गरेकी थिईन् ।

प्रकाशित मिति : २०७६ बैशाख ९ गते सोमवार