• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

सत्तारुढ (नेकपा)को एकता टुंगियो : सल्यानमा अध्यक्षमा पुन, सचिव बुढाथोकी


बैशाख ९, सल्यान ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको झण्डै एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

आइतबार साँझ सचिवालय बैठकले नयाँ मापदण्ड तय गरेसँगै जिल्लाका पदाधिकारी चयन भएका हुन् । तत्कालीन एमाले वा माअोवादीले अध्यक्ष वा सचिव जुन पद पाएको भए पनि तत्कालीन जिल्ला अध्यक्षलाई नै उक्त पदमा ल्याइएको छ ।

यसो गर्दा केही जिल्ला अध्यक्ष भइसकेका नेताको सचिवमा घटुवा भएको छ । सल्यानमा नेकपा एमालेले अध्यक्षको जिम्मा पाएको छ ।

एमालेका तत्कालिन जिल्ला अध्यक्ष गोविन्द पुन संयुक्त पार्टीको अध्यक्ष बनेका छन भने माअोवादी केन्द्रका नेता कर्ण बहादुर बुढाथोकी सचिव बनेका छन ।
उनिहरू दुवै बन्गाडकुपिन्डे नगरपालिका ३ बामेका बासिन्दा हुन ।

उनिहरू गएको स्थानिय तहको निर्वाचनका बेला बन्गाडकुपिन्डे नगरको प्रमुखको उम्मेद्वार बनेका थिए । काग्रेशसंग मिलेर बुढाथोकीलाइ हराएका पुन फेरी नेतृत्वमा पुगेका छन ।

सल्यानमा माअवादीले अध्यक्ष पाउने चर्चा चलेपनि अन्तत एमालेले प्रमुख पद पाएको छ । जिल्लामा संङ्घिय प्रतिनिधि सभा र प्रदेश सभामा पनि एमाले ले नै बढि पद पाएको थियो भने जिल्लाको नेतृत्व पनि एमालेले नै पाएको छ ।

उसो त सल्यानमा माअवादी केन्द्रले बलियो भन्दै अउपनि एमाले नै बलियो बनेर उभिएको छ । कम्युनिष्टको सरकार चलिरहदा नेकपा भित्र प्रदेश र जिल्लामा बन्गाडबाट प्रतिनिधित्व गर्ने नेताहरू नै हावी भएका छन ।

कर्णाली प्रदेशसभामा तत्कालिन एमाले नेताहरू प्रकाश ज्वाला र गुलावजंग शाह पनि बन्गाडकै नेताहरू हुन ।

प्रकाशित मिति : २०७६ बैशाख ९ गते सोमवार