• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

‘म नेकपा सल्यानको अध्यक्ष हुन्छु भनेर सोचेको थिइन्’ : नवनिर्वाचित अध्यक्ष पुन


बैशाख ९, सल्यान ।

सत्तारुढ दल (नेकपा) सल्यानका नवनिर्वाचित अध्यक्ष गोबिन्द कुमार पुनले आफू अध्यक्ष हुन्छु भनेर नसोचेको बताएका छन् । उनले आफु पार्टीको बिधिले नै अध्यक्ष भएको दाबी गरेका छन् ।

अध्यक्षमा निर्वाचित भएपछि रेडियो तहल्काको बहस कार्यक्रममा कुरा गर्दै उनले आफू अध्यक्ष हुनलाई कतै नधाएको बताएका छन् । उनले भने- “मैले पार्टी एकता छिटो टुंग्याउनुहोस् भनेर दोस्रो तहका नेताहरूलाई आग्रह गरेको हुँ, तर सल्यानको अध्यक्ष नै हुनुपर्छ भने धाइरहेका हैन् ।”

उनले अब सबैले पार्टीको बिधि मानेर अघि बढ्नुपर्ने बताए । हिजो भएका तितामिठा कुराहरू बिर्सिएर दुई पार्टीको एकता अघि बढ्ने उनको दाबी छ ।

सल्यानमा देखिएका ४ वटा गुटबन्दीलाई पनि आफुले मिलाएर लिने उनले बताए । उनले पार्टीको बिधि नमान्ने कम्युनिस्ट पार्टीको सदस्य नहुने बताए ।

उनले मुलुक बनाउनलाई नीति नियम र बिधि मान्नुपर्ने बताए । पार्टी एक नहुँदा मुलुकले निकास नपाएको उनको तर्क छ ।

याे पनि,

सत्तारुढ (नेकपा)को एकता टुंगियो : सल्यानमा अध्यक्षमा पुन, सचिव बुढाथोकी

प्रकाशित मिति : २०७६ बैशाख ९ गते सोमवार