बैशाख ९, सल्यान ।
सल्यानमा अइतबार परेको चट्याङमा परि एउटै घरका ६ बाख्रा एकैसाथ मरेका छन् ।
जिल्लाको कुमाख गाउपालिका ३ गुरूदासेमा बेलुका ५ बजेपछि परेको चट्याङ्मा परि चन्द्र बहादुर रानाका बाख्रा मरेको त्यहाँबाट प्रेम रावतले जानकारी दिएका छन ।
त्यस्तै जिल्लाको शारदा नगरपालिका १३ लेखटाकुरामा पनि चट्याङ पर्दा २ व्यक्ति घाइते भएको यसअघि नै समाचार सम्प्रेषण भएको छ । स्थानिय शिक्षिका मिना गिरी र अर्का लोक बहादुर बुढा मगर चट्याङमा परि घाइते भएको र उनिहरूको जिल्ला अस्पतालमा उपचारपछि रिफर गरिएको सल्यान प्रहरी प्रमुख विरेन्द्र बहादुर शाहिले बताए ।
त्यस्तै दार्मा ५ निगालपानीमा जय बहादुर केसीको गोरूलाइ चट्याङले हानेर गोरू मरेको त्यहाँबाट मित्रमणी खड्काले जानकारी दिएका छन् । चट्याङ पर्ने डरका कारण आइतबार साँझ जिल्लाबाट प्रशारण भएका रेडियोहरूले आफ्नो प्रशारण सेवा समेत बन्द गरेका थिए ।