• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

सल्यानकाे शारदा नगरपालिकाले सुरु गर्याे ‘सार्वजनिक सुनुवाइ’ कार्यक्रम


बैशाख ९, सल्यान ।

शारदा नगरपालिकाले प्रथम तथा दोस्रो चौमासिक अवधिमा आफुले गरेका कामकार्वाही सम्वन्धमा नगरवासीसङ्ग अभिमत लिन सुरु गरेको छ।

शानपा १४ र १५ का नगरवासी हरुलाइ केन्द्रमा राखी आज वरलामा गरिएको सार्वजनिक सुनुवाइका माध्यम वाट नगरले अभिमत लिन सुरु गरेको हो ।
वरलामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा वोल्दै सवै दलका प्रतिनिधि हरुले खासगरी शारदा नदिको मोटरेवल पुल निर्माण,सडक हरुको स्तर उन्नती, बिद्युत बिस्तार, अदुवाको उत्पादन लाइ वढोत्तरी, सिचाइको सुविधा र लक्षितवर्ग लाई केन्द्रमा राखेर काम गर्न नगर प्रमुखलाइ सुझाव दिएका थिए ।

सुनुवाइ कार्यक्रममा सुझाव दिदै पुर्व माओवादी प्रतिनिधि पदम भण्डारिले नगरले हालसम्म गरेका काम हरु राम्रा रहेका भन्दै विकासका लागि सवै एकजुट हुनुपर्ने र स्थानिय जनप्रतिनिधी हरुले त्यस्को पहल गर्नुपर्ने सुझाव दिएका थिए । त्यस्तै पुर्व एमाले प्रतिनिधि चेतलाल भण्डारिले विकासका कार्यहरु उत्कृस्ट रहेको भन्दै यस्को निरन्तरता आवस्यक रहेको धारणा राखेका थिए ।

कार्यक्रममा स्थानिय वासिन्दा एवम शिक्षक भक्त शाह, सुवास रावत, कैलाश खत्री, केन्द्र हमाल, ग्यानु घर्ती, चन्द्रावती बुढाथोकी लगायतले सुझाव दिएका थिए । स्थानिय वासिन्दा हरुले उठाएका प्रश्न हरुको जवाफ दिदै शा न पा प्रमुख सुरेश अधिकारिले मतदाताहरुले उठाएका कुराहरु पुराहुने चरणमा रहेको र केही पूरा भैसकेको भन्दै आफुले विकाशका सम्वन्धमा कुनै काम अधुरा नछोड्ने दृढता व्यक्त गरे ।

अधिकारिले शारदा नदि माथिको मोटरेबल पुल बनाउन प्रदेशका अर्थमन्त्री प्रकाश ज्वालाले आश्वाशन दिएकाे स्मरण गर्दै यदि यो कुरा अघि नबढेमा नगरले आफनै बजेट बाट भएपनी प्रारम्भ गर्ने आश्वासन दिएका थिए । कार्यक्रममा नगरका प्रमुख प्रशासकिय अधिकृत कृष्ण बहादुर शाहिले उठेका प्रशाशकिय प्रश्न हरुको जवाफ दिएका थिए भने १४ र १५ का वडा अध्यक्षहरु कृष्ण बहादुर गिरि र हिमेन्द्रबाबू सेजवालले भावी बिकास योजना हरुको खाका प्रस्तुत गरेका थिए ।

अभियान नेपाल सल्यानको व्यवस्थापन र पत्रकार शिव डाङ्गिको सहजिकरणमा सन्चालित कार्यक्रममा नगरका लेखा अधिकृतहरू बामदेम गौतम, अधिकृत केशव बुढाथोकी, मधुसुधन उपाध्याय लगाएत सहभागी भएका थिए ।

प्रकाशित मिति : २०७६ बैशाख ९ गते सोमवार