• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

सल्यानकाे खैराबाङ मन्दिरमा ‘यात्रु आवास भवन’ बन्ने


बैशाख १०, सल्यान ।

सल्यानकै प्रसिद्ध धार्मिक स्थल खैराबाङ मन्दिरमा यात्रु आवास भवन बन्ने भएकाे छ ।

शारदा नगरपालिकाले धार्मिक पर्यटकिय क्षेत्र खैराबाङ मन्दिर परिसरमा यात्रु आवास भवनको निर्माण कार्य सुरु गरेकाे छ । मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको आवासीय समस्यालाई निराकरण गर्न भवनको निर्माण गर्न लागिएको नगरपालिकाले जनाएकाे छ ।

भवनको शिलान्यास मंगलबार नगर प्रमुख सुरेश अधिकारीको उपस्थितिमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष छविरमण शर्मा र वडा अध्यक्ष रामसिंह बुढाथोकिले गरेका हुन् । शारदा नगरपालिकालाई धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनाउने उद्देश्य राखेर नगरले खैराबाङ भगवती मन्दिरलाई व्यवस्थित र सुविधायुक्त बनाउन यस्ताे कार्य गरेकाे नगरपालिकाले जनाएकाे छ ।

आगामी बडा दशै सम्ममा श्रीनगर खैराबाङ जोड्ने सडकको स्तर उन्नती र पुरानो धर्मशाला लाई व्यवस्थित गरिने नगरले जनाएको छ । धार्मिक आस्थाको केन्द्र खैराबाङ भगवती मन्दिरमा यात्रु आवास भवन (धर्मशाला)को निर्माण पछि धार्मिक पर्यटकहरुको सङ्ख्या बढ्ने र त्यसक्षेत्रको आर्थिक गतिविधीले पनि छलाङ मार्ने आशा राखिएको मन्दिर व्यवस्थापन समितिका सचिव दिपक शर्माले बताए ।

मन्दिर परिसरमा बन्दै गरेको भवन शानपाको ३० लाख रुपैयाको अनुदानमा ठेक्का प्रकृया बाट निर्माण भैरहेको छ । बर्षैभरी धार्मिक पर्यटकहरु आइरहने खैराबाङ भगवती मन्दिरमा यात्रुहरुले आवासको समस्या भोगिरहेका छन् । यो भवनको निर्माण पछि यात्रु हरुको समस्या टर्ने आशा राखिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

प्रकाशित मिति : २०७६ बैशाख १० गते मङ्गलवार