• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

सल्यानकाे बनगाड कुपिण्डेमा खाद्य अधिकार सम्बन्धि गोष्ठी


इन्द्र बुढाथोकी / बैशाख १०, सल्यान ।

सल्यानको पश्चिम क्षेत्रमा रहेकाे बनगाड कुपिण्डे नगरपालिकामा आर.आर.एन. सल्यानको सहयोगमा मंगलबार खाद्य अधिकार सम्बन्धी १ दिने सचेतनामुलक गोष्ठि सम्पन्न भएको छ ।

कार्यक्रममा परम्परा गत खेती प्रणाली, माटो परिक्षण, उत्पादित बस्तुको बजारीकरण, कृषि प्रयाप्त बजेट बिनियोजन, खेती योग्य जमिनको पलोटिङ बाली तथा पशु बिमा, साना किसानहरुको बैकिङ्ग पहुँच, खाद्य अधिकार सचेतनामा कमि, युवाहरू विदेश पलायन हुनु, कृषक परिचयपत्र, समयमा बीउ बिजन र मल प्रयाप्त र जमिन बाझो सम्बन्धि १ वर्ष पहिला गरेका योजना कति कार्यान्वयन भए कति हुन बाकी छ भनी त्यसको बारेमा छलफल गरिएको छ ।

नागरिक बडा पत्र, सार्वजनिक सुनुवाइ, सामाजिक सुरक्षा भता, न्यायिक समितिको सचिवालय बनाउने मेलमिलाप केन्द्र गठन गर्ने गुनासो पेटिका सूचना अधिकारी तोक्ने र सामाजिक परिक्षण गर्ने लगाएतका विषयमा छलफल गरिएको थियो । गत पुस १३ गते छलफल बाट बनाएका योजनाको पुन कति कार्यान्वयन भए कति भएन्न भनी त्यसको बारेमा मानव अधिकार कर्मी तथा हरपलेश जिल्ला साखा सल्यान सयोजक रामचन्द्र रेग्मीले जानकारी गराएका छन ।

त्यसमा अधिकास योजना कार्यान्वयन प्रक्रियामा रहेको बनगाड कुपिण्डे नगरपालिका प्रमुख गोविन्द कुमार पुनले जानकारी दिएका छन । खाद्य अधिकार सम्बन्धी गोष्ठिको हरप्लेस सल्यानका रामचन्द्र रेग्मीको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथि नगर प्रमुख गोविन्द कुमार पुन, उप प्रमुख मञ्जु यरी, वडा अध्यक्ष शान्त कुमार यरी, गोविन्द डाँगी, निमित्त प्रशासकिय अधिकृत वासुदवे पोख्रल लगाएतका व्यक्तिहरुको उपस्तिथि रहेको थियो ।

प्रकाशित मिति : २०७६ बैशाख १० गते मङ्गलवार