• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

विप्लवमा लागेकाे भन्दै घरमा सुतिरहेकी ५ बर्षिय छाेरा सहितकी आमा मध्यराती पक्राउ


बैशाख ११, बुटवल ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा लागेकाे भन्दै प्रहरीले ५ बर्षीय छाेरासहित आमालाइ पक्राउ परेकाे छ ।

रुपन्देही देवदह खैरेनीकी कल्पना सुवेदीलाइ प्रहरीले गएराती सुतिरहेकाे अवस्थामा पक्राउ गरेकाे हाे । उनि जिल्लास्तरिय नेता तथा महिला नेतृ पनि हुन् ।

घरमै सुतिरहेको बेला राती ११ बजेको समयमा घरमा छापा मार्न पुगेको प्रहरीले आमा-छोरालाई गिरफ्तार गरेको श्राेतले बताएकाे छ । आमा-छाेरा दुवैलाइ जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख ११ गते बुधवार