बैशाख ११, डडेल्धुरा ।
डडेल्धुराको भिदत्तराजमार्गको साउखर्कमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।
भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना भएको हो।
धनगढीबाट बझाङका लागि छुटेको कर्णाली रिभर यातायातको ना ६ ख १८३१ नं को बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले पुष्टि गरे। बसमा ४० जना यात्रु सवार रहेको बताइएको छ ।
प्रहरीले घटनास्थल पुगेर घाइतेको उद्धार गरिरहेको बताएको छ । घाइतेहरुलाई डडेल्धुरा अस्पताल डडेल्धुरा ल्याइँदैछ ।