• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

हामीलाई जिल्ला सचिव स्वीकार्य छैन् भन्दै पुर्व माओवादीका नेताहरुले प्रचण्डलाई बुझाए पत्र


बैशाख ११, काठमाण्डाैँ ।

सत्तारुढ दल (नेकपा)काे एकीकरणमा जिम्मेवारी दिँदा पदीय हैसियत नमिलाएको भन्दै केही नेताहरूले पार्टीका दाेस्राे बरियताका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गुनासो गरेका छन् ।

नेकपाले पार्टी केन्द्रीय समितिकै १६ नेतालाई जिल्ला कमिटीको अध्यक्ष र सचिवको जिम्मा दिएको छ । सात केन्द्रीय सदस्य जिल्ला कमिटी अध्यक्ष भएका छन् भने ९ जना सचिव भएका छन् । नेताहरुलाई दोहोरो जिम्मेवारी दिएपछि नेकपाभित्र असन्तुष्टि बढेको छ ।

गुनासो गर्नेमा तत्कालीन एमालेका भन्दा माओवादी पृष्ठभूमिका बढी छन् । केन्द्रीय सदस्य पनि भएका तर जिल्ला सचिवको जिम्मेवारी पाएका नेताहरूले अध्यक्ष दाहाललाई असहमतिपत्र बुझाएका छन् ।

रौतहट जिल्ला सचिवको जिम्मेवारी पाएका केन्द्रीय सदस्य युवराज भट्टराई, महोत्तरी जिल्ला अध्यक्षको जिम्मेवारी पाएका केन्द्रीय सदस्य राजु खड्कालागायतले मंगलबार बिहान अध्यक्ष दाहाललाई भेटी गुनासो गरेका हुन् ।

भट्टराईले आफूले उक्त जिम्मेवारी लिन नसक्ने भन्दै दाहाललाई अस्वीकारपत्र बुझाएका छन् । डाचाराज वाग्लेलगायत नेताले एसएमएसमार्फत आफू सचिवमा बस्न नसक्ने जानकारी दाहाललाई गराएका छन् ।

काठमाडौं सचिव हिमाल शर्माले सामाजिक सञ्जालबाटै सचिवको जिम्मेवारी अस्वीकार गरेका छन् । सात जिल्ला अध्यक्ष र नौ जिल्ला सचिव केन्द्रीय समितिबाट छन् । मोरङ र काठमाडौंका जिल्ला अध्यक्ष र सचिव दुवै केन्द्रीय समितिबाट परेका हुन् ।

रौतहट, धनुषा, सर्लाही, सिन्धुपाल्चोक, धादिङ, रुपन्देही र सिरहाका अध्यक्ष केन्द्रीय समितिमा छैनन् । असहमति जनाउन पुगेका नेताहरूलाई दाहालले कमिटीमा नबस्ने अवस्थामा असहमतिपत्र बुझाए उक्त स्थानमा अर्काे व्यक्तिलाई जिम्मेवारी दिने समझदारी शीर्ष तहमा भएको बताएका थिए ।

प्रकाशित मिति : २०७६ बैशाख ११ गते बुधवार