• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

धादिङ केन्द्रबिन्दु भएर आजै तेस्रो पटक भूकम्पको धक्का


बैशाख ११, काठमाडौं ।

धादिङ केन्द्रबिन्दु भएर बुधबार फेरि अर्को भूकम्पको धक्का गएको छ ।

दिउँसो ३ बजेर ५ मिनेट जाँदा नौबिसे आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएकाे छ ।

केन्द्रका अनुसार बिहान पनि नौबिसे आसपास नै केन्द्रबिन्दु भएर २ वटा भूकम्पको धक्का गएको थियो । बिहान ६ बजेर २९ मिनेट जाँदा ५ दशमलव २ रिक्टरस्केलको भूकम्पको धक्का गएकोमा त्यसको ११ मिनेटपछि पुन ४.२ रिक्टरस्केलको भूकम्पको धक्का गएको थियो ।

चार वर्षअघि अर्थात २०७२ बैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर विनाशकारी भूकम्प जाँदा ८ हजार बढी मानिसको ज्यान गएको थियो भने ७ लाख बढी घर भत्किएका थिए । त्यसयता ४ हजारबढी परापकम्प आइसकेको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख ११ गते बुधवार