• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

ईन्टरनेटले काम नगर्दा सल्यान सल्लीबजारमा समस्या, बैंक सेवा प्रभावित


इन्द्र बुढाथाेकी / बैशाख ११, सल्यान ।

सल्यानकाे पश्चिम क्षेत्रमा ईन्टरनेटले काम नगर्दा सेवाग्रहीहरु मारमा परेका छन् । जसले गर्दा विशेषगरी बैंकहरु मारमा परेका छन् ।

बनगाड कुपिण्डे नगरपालिकाकाे केन्द्र सल्लीबजारमा रहेको लक्ष्मी बैंकको सेवा इन्टरनेटकाे समस्याले प्रभावित भएको छ । बिगत केहिदिन देखि इन्टरनेटले काम नगर्दा सेवा ग्राहिलाइ छिटोछरितो सेवा दिन नसकिएको लक्ष्मी बैंक सल्लीबजारका कर्मचारी निर्मल महरले जानकारी दिए । त्यस क्षेत्रमा जोडिएको वर्ड लिङ्क, एडि एस एल, एभरेस्ट र सुविसु लगाएतका नेटले काम गर्न छाडेका छ्न् ।

काम नगर्दा सेवा ग्राही दिनदिनै फर्किने गरेका छन् । वाइरलेस नेटवर्क हुदा हावा हुरि लागेको वेला तारहरु चुडिएर जाने हुनाले अधिकांस समय नेटको समस्या हुने उनले बताए । कहिले काहीँ नेटवर्कले नै काम गर्न छाड्ने र दैनिक १/२ सय सेवा ग्राहकलाई फर्काउनु पर्ने उनले बताए । वाइरलेसको सट्टा फाइवरवाला नेटवर्क आवश्यकता भएको पनि उनले बताए ।

नेटवर्कले अहिलेको क्षमता ५११ केबि भएको र यसको क्षमता बिस्तार गरि १ एमबी बनाउनु पर्ने व्यापारी गोबिन्द बिसिले बताएका छन् । यस क्षेत्रमा नेटवर्कले काम नगर्दा बनगाड कुपिण्डे नगरपालिका कार्यालय, लक्ष्मी बैंक र बजारमा व्यापारीहरुले जोडिएका ईन्टरनेटले समस्या देखिएको छ ।

एक महिना देखि एनसेलले नेटवर्कले राम्रो सङ्ग काम नगर्दा सेवा ग्राहीहरु थप मारमा परेका हुन् । एक व्यापारीले भने- “पछिल्लो समयमा एलसेलले दुख दिएको छ । नेटवर्क देखाउदैन्, कनेक्ट हुने तर कुरा बुझिदैन्, अट्केर आवाज आउछ, नेटमा पनि समस्या छ ।”  सेवा सुधार तर्फ भन्दा दिन प्रतिदिन एनसेलको नेटवर्कमा समस्या थपिदै गएकाे उनले बताए । सल्यान पश्चिम र सुर्खेतको उत्तर पुर्वि क्षेत्रमा एलसेलको नेटवर्कमा समस्या देखिएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख ११ गते बुधवार