• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

दाङमा कार र मोटरसाइकल ठोक्किदा २ घाइते


ओमप्रकाश गुप्ता / बैशाख १२, दाङ (सिसहनियाँ) ।

दाङकाे देउखुरीमा कार र मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना घाइते भएका छन् ।

राप्ती गाउँपालिका ५ पहरुवामा बुधवार बेलुका ७ बजे काठमाण्डौबाट कैलाली जाँदै गरेको से ४ प ५९४२ नम्बरको मोटरसाइकल र घोराहीबाट कपिलबस्तु जाँदै गरेको बा १८ च ३९६४ नम्बरको कार एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार कैलाली जिल्ला टिकापुर नगरपालिका १ निवासी सरोज पौडेल गम्भीर घाइते भएका छन् ।

भने आर्का सोही ठाउँ निवासी कर्ण चौधरी भने सामान्य घाइते भएका छन् सामान्य घाइते चौधरी लमहीमा उपचार पछि घर फर्किसकेका छन् भने गम्भीर घाइते पौडेललाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरी चौकी सिसहनियाँले जानकारी दिएको छ । कार र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख १२ गते बिहिवार