• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

राप्ती नदीमा डुबेर एक जनाको मृत्यु


बैशाख १२, चितवन ।

राप्ती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

चितवन भरतपुर महानगरपालिका–२७ स्थित राप्ती नदीमा डुव्दा सोही ठाउँका ५८ वर्षीय दिलबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार घाँस दाउरा गर्न जाँने क्रममा गुरुङ नदीमा डुवेका थिए ।

उनी बुधबार साँझ मृत अवस्थामा नदीमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । गुरुङ मेघौलीको वाइल्ड लाइफ रिसोर्टमा सुरक्षा गार्डको रुपमा काम गर्दै आएको बताएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख १२ गते बिहिवार