• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

इतिहास बोकेको त्यो खुल्लामञ्च खाेइ ?


बैशाख १२, काठमाडौं ।

काठमाडौंको मुटु मानिने टुँडिखेलको खुल्लामञ्च, जहाँ कुनै समय राजनीतिक दलका विराध सभा र सम्मेलन हुने गर्थे । त्यसबेला खुल्लामञ्चमा भएका सभामा मान्छे भरिएनन् भने दलहरू कमजोर भएको मानिन्थ्यो । धेरै भीड जुटाउन सक्ने दललाई बलियो मानिन्थ्यो ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी पार्टीहरूले खुल्लामञ्च भरिने गरी आमसभा गरेका छन् । अन्य दलले भने अहिलेसम्म मान्छे भर्न सकेका छैनन् । ०४६ सालको आन्दोलन होस् वा ०६२–६३ को दोस्रो जनआन्दोलन तत्कालीन राजतन्त्रको विरोध गर्दा टुँडिखेलको खुल्लामञ्च भरिभराउ थिए । त्यो इतिहास बोकेको खुल्लामञ्च अहिले भूमाफिया र व्यापारीले अतिक्रमण गरेर सिध्याएका छन् ।

अहिलेकाे खुलामन्च

गणतन्त्र स्थापना भएपछि खुल्लामञ्चको चारैतिर सहिदहरूको सालिक राख्ने गरी सरकारले समिति समेत गठन गरेको थियो । तर, एक दशक बितिसक्दा पनि खुल्लामञ्चलाई जोगाउन सरकारले सकेन । अहिले खुल्लामञ्चमा बसपार्क, पसल टहरा बनेका छन् । अहिले त खुल्लामञ्चमा राजनीतिक दलका सभा सम्मेलन गर्ने ठाउँ नै कब्जामा लिइएको छ ।

खुल्लामञ्चमा व्यापारीले आफूखुसी घरटहरा बनाउने, पसल सञ्चालन गर्ने गर्दै आएका छन् । खुल्लामञ्च सरकारी जग्गा हो । देशको राजधानीमै सरकारी जग्गा अतिक्रमण भएपछि विभिन्न राजनीतिक दलले त्यसको विरोध गरेका छन् । बिहीबार नेपाली कांग्रेसका सांसद जीवन डंगोललगायतले खुल्लामञ्च पुगेर त्यसको विरोध गरेका हुन् ।

पहिलेकाे खुलामन्च

प्रकाशित मिति : २०७६ बैशाख १२ गते बिहिवार