• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा पूर्वएमाले र बागीको एकता : पार्टी दुईलाईन संघर्षको नालीबेली


लेखक : दीपेन्द्र कुमार क्षेत्री 

पुर्वमाओवादी केन्द्र सल्यानमा दुइधारको राजनीति श्रृङखला अलि पुरानै हो । यद्यपि कम्युनिष्ट पार्टीमा छलफल बहस योजना निर्माण सन्दर्भमा बन्ने स्वस्थ दुईलाइन संघर्ष धार बन्ने कुरा एउटा जिवन्त पार्टीको लागि स्वाभाविक कुरा हो । केही दुइलाइन संघर्ष जनयुद्धताका पनि थिए ।

त्यसपछिका दुइलाईन संघर्षका रुपमा तत्कालीन पार्टीको जनबर्गिय संगठन अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष जुझारु फोैजि र रणनीतिक रुपमा अब्बल रमेश मल्ल ‘आशिष’ थिए भने जिल्लामा स्थापित संघर्षशिल महिला नेतृ सुम्निमा डिसि ओली उपाध्यक्ष थिइन ।

त्यतिबेला सुम्निमा भन्दा माथि जिल्ला अध्यक्ष आशिष हुदा हुँदै उपाध्यक्ष सुम्निमालाई अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य बनाए पछि नै गुटको बिजारोपण भएको कुरा स्वयम् आशिषले बेला-बेला नेताहरु उपस्थित भएकै खुल्ला कार्यक्रममा राख्ने गर्दछन । यी बिषय सल्यानको पुर्वमाओवादी आन्दोलनमा देखिएका दुईलाइन संघर्षका परिघटनाका रुपमा लिन सकिन्छ ।

शान्ति प्रकृयापछि पार्टी जनयुद्धको रापतापले पार्टी एकताबद्द जस्तै देखिन्थ्यो । कम्तिमा भावना थियोे, दुख्ने मनहरु थिए, त्याग र समर्पणका भावहरु थिए, एकले अर्कालाई स्विकार्ने परिस्थिति थियोे । तत्कालीन माओबादी सल्यान जिल्ला पार्टीमा धेरै ठुलो अन्तरसंघर्ष त्यति मोैलाएको थिएन तर पार्टी वलिदानिपुर्ण संघर्ष त्याग तपस्या निष्ठा र क्रान्तिको भट्टिबाट निस्किएका दर्जनौं नेताहरुको ब्यबस्थापन गर्ने कुरा चानचुने थिएन ।

कुलमा हेर्दा त्यत्रो महान जनयुद्धबाट आएको शक्ति अवतरण हुदा एकाहद बाहेक बाँकि कुशलाता पुर्वक सुरक्षित अबतरण गर्दै गराउदै स्रोत साधन सामर्थ्य क्षमतालाई लोकतान्त्रीकरण गर्दै नयाँ मोर्चामा रुपान्तरण गरेर यो परिस्थितिमा पुर्याउनु महान कार्य हो । यसको जति प्रशंसा गरे पनि कमै हुन्छ, त्यसका प्रसंसनिय पात्र जिल्लामा स्थापित सबै नेतृत्वलाई जान्छ । यसलाइ पुर्वमाओवादी पार्टी र त्यसको नेतृत्वले लिएको सकारात्मक उपलब्धिका रुपमा चर्चा गर्दा फरक पर्दैन ।

गुटको झल्को, बार्गेनिङमा टिकेट, ऊ बेलै…!

पहिलो संविधान सभाको निर्वाचन र टिकेको प्रश्न आयो त्यतिबेला सम्भवतह लाभको पदको लालचा अलिक थोरै ब्यक्तिलाई हुने गर्यो र फेरिपनि लाभको पद मात्रै भन्दा पनि सल्यानि जनताको मत संगै श्रमजीवी सर्वहारा बर्गको अधिकार संविधानमा लिपिबद्द गर्ने मोर्चामा जाने बिषय मुख्य थियोे । तत्कालीन माओवादीका जिल्ला नेताहरुको त्यसमा चाहाना आंशिक थिए होलान ।

त्यसमा पनि १ नम्बर निर्वाचन क्षेत्रको हकमा तत्कालीन माओवादीका मुख्य नेता अहिले नेकपाका पनि प्रमुख नेता टेकबहादुर बस्नेत निर्विकल्प थिए । प्रश्न रह्यो त्यतिबेलाको निर्वाचन क्षेत्र नमबर २ को । हुन त सल्यानमा क्षेत्रियताको प्रश्न जब्बर नै छ । तत्कालीन बेला माओवादीबाट प्रतिनिधित्व गर्ने नेताहरुको पनि लर्को कम्ति थिएन । हाल बिप्लब नेतृत्वको नेकपामा क्रियाशील लोकपाल केसि (महेन्द्र), नेकपामै क्रियाशिल नेब बहादुर कंवर बिवेक (सैन्य क्षेत्रमा) हिमाल डोग्रा, भाष्करलाई प्रतिनिधि पात्रको रुपमा लिन सकिन्छ ।

त्यतिबेला थुप्रै नेता सल्यान क्षेत्र नम्बर २ मा स्थापित नेता थिए तर दुइलाइन संघर्ष कै बार्गेनिङमा तत्कालीन माओबादि सल्यानका संस्थापक नेता मध्येका एक नेता पुराना र योगदान गरेका सल्यानि माओवादी आन्दोलनका प्रभावशालि नेता १ नम्बर निर्वाचन क्षेत्र अन्तरगत कै उमाकान्त शर्मालाई बार्गेनिङ कै भरमा २ नम्बर निर्वाचन क्षेत्रमा उमेदवार बनाएको थियो । यद्यपि त्यति बेला तत्कालीन माओवादीको कार्यनीति अन्तराष्ट्रियबादलाई मान्ने भन्ने थियोे । माओबादि आन्दोलनमा यसलाई सल्यान जिल्लाको दुइलाइन संघर्षको दोस्रो महत्त्वपूर्ण परिघटनाको रुपमा लिन सकिन्छ ।

बरु पार्टी फुट्यो, घटेन उस्तै बार्गेनिङ

जिल्लामा अन्तर संघर्ष जारि थियोे तर उत्कर्षमा पुगेको थियन । पार्टीमा केही मतभेद भएपनि मुल रुपमा पार्टी एक ढिक्का थियो । केन्द्रमा भने मोहन वैद्य किरण राम बहादुर थापा ‘बादल’ सिपि गजुरेल, नेत्र विप्लव चन्द लगायतका केही नेताले बैचारिक रुपले असहमति राख्दै थिए । त्यो हेटौंडा महाअधिवेशन पुग्दा नपुग्दै पार्टी फुटको संघारमा पुग्यो, फलत: पार्टी फुट्यो ।

त्यसको प्रभाव जिल्ला तहमा पर्यो सल्यानमा पनि माओबादि आन्दोलनमा जीवन ब्यतित गरेका तथा बलिदानिपुर्ण ईतिहासबाट आएका मोहोनलाल चन्द ‘आधार’, चन्द्र बहादुर खडका असल, लोकपाल केसि, महेन्द्र, विश्व, विवेक लगायतका नेताहरुले तत्कालीन माओवादी भित्र बैचारिक रुपमा गम्भीर मतभेद भैसकेपछि पार्टी फुटायरै जानुलाइ त्यति अस्वाभाविक मान्न सकिँदैन ।

चौथो जिल्ला सम्मेलन

बिचार नमिल्नेहरुले पार्टी फुटाएयर गए, जनस्तरमा र कार्यकर्ताको स्तरमा त्यसको प्रभाव त्यति देखियन । त्यसपश्चात तत्कालीन माओवादीको तेस्रो जिल्ला सम्मेलनको तयारि भयो । त्यसपुर्व तत्कालीन माओबादीका जिल्ला संयोजक भिम प्रकाश शर्मा (रमेश कोइराला) थिए । त्यसपश्चात अर्को प्रभावशाली नेता निष्ठा आदर्शका धरोहर तथा त्यागिनेता कृति बहादुर पुन ‘प्रकाण्ड’ केन्द्रीय सदस्यको हैसियतमा थिए । त्यहि बरिष्टताको आधारमा उनी जिल्ला पार्टीको संयोजक बन्न पुगे र उनलाई पार्टी बिभाजन पछिको एतिहासिक चौथो जिल्ला सम्मेलन गर्ने र संविधान सभाको निर्वाचन गर्ने जिम्मेवारी दिईयो ।

चौथो जिल्ला सम्मेलन भब्यताको साथ सुरु भयो । जिल्ला सम्मेलनको उदघाटन सत्रमा नेता जनार्दन शर्मा, लोकेन्द्र बिष्ट, टेकबहादुर बस्नेतले विशेष सम्बोधन गरे । पार्टी भित्र देखापरेको बिभाजन र माओवादी आन्दोलनमा देखा परेका भडकापहरुलाई सैद्धान्तिक र ब्यवाहारिक रुपले रोक्दै नीति बिधिमा चल्ने एकताबद्द पार्टी निर्माण गर्नु उत्त जिल्ला सम्मेलनको मुख्य दायित्व थियोे ।

अधिवेशनमा जिल्ला भरिकाबाट आएका प्रतिनिधि पर्यबेशकले पार्टीको प्रस्तावित राजनीतिक कार्यक्रम बिच व्यापक छलफल गरे । त्यसपश्चात बिषय उठान भयो नेतृत्व निर्माण र संस्थापक कस्लाइ मान्ने भन्ने बारे । अझै भनोै पार्टीमा सिनियर कस्लाइ मान्ने भन्ने बारे । एकातिर नेतृत्व निर्माणको प्रश्नमा दुइधार प्रस्ट देखियो । एउटा धारको नेतृत्व नेता भिम प्रकाश शर्मा (रमेश कोइराला ) गर्थे भने अर्को धार अर्थात संस्थापन धारको नेतृत्व टेकबहादुर बस्नेत गर्दथे ।

यी दुबै धार आ-आफ्नो पक्षमा जिल्ला कमिटी निर्माण गर्ने चाहान्थे । बिचमा थुप्रै योगदान गरेका नेताहरु पर्ने गर्थै । त्यहि बेला हालका दार्मा गाउपालिका अध्यक्ष निम बहादुर केसिले आ-आफ्ना स्वार्थ केन्द्रित नेताहरुलाइ मुखै भरिको जबाफ दिएका थिए । उनले हलभरिका प्रतिनिधि परिवेक्षकका बिचमा सात्तो झारेको हिजै जस्तो लाग्छ ।

सोहि हलमा कामरेड प्रकाण्डले मार्मिक सम्बोधन गर्दै भनेका थिए ‘प्रकाण्डको त्यागै त्यागको श्रृङखला छ, पार्टी बन्छ बने म फेरि पनि त्याग्न तयार छु’ । दुबै समुहले कसैले कसैको अस्तित्व नस्विकार्न स्थितिमा त्यतिबेला सन्तुलित भुमिकामा रहेका पुराना नेता कर्णबहादुर बुढाथोकी ‘छहारि’ माथि सहमति भएको थियोे । फलस्वरुप छहारि चौथो जिल्ला सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

त्यतिबेलाको जिल्ला सम्मेलनले संस्थापक ठोस गरेन । कमल चन्द, डिल्लि ओली, युवराज शर्मा, सोैरभ लगायतका नेतालाइ संस्थापक मान्ने सैद्धान्तिक सोलोडोलोमा सहमति सहित डकुमेन्ट्री निर्माण गर्दा मिलाएर गर्ने गरि १ दिन थपेर जिल्ला सम्मेलन सम्पन्न भएको थियो । नेता भिम प्रकाश शर्माले

संस्थापकको दावि गरिरहदा हल भित्रै ५५ सालमा काठमाडौबाट पत्रकारिता छोडेर आएको भन्दै चर्को बिरोध समेत गरेका थिए । खासगरी पुर्व माओवादी गुट सतहमा देखा परेको पहिलो र ठुलो परिघटनाको रुपमा लिन सकिन्छ ।

नेतृत्व अस्विकार

जिल्ला सम्मेलन सकियो । कर्ण बहादुर बुढाथोकी छाहारि अध्यक्ष भए । उतिबेला छाहारी सन्तुलित भुमिकामा थिए । भिम प्रकाश शर्मा टिकाराम ओली दर्शन लगायतका नेताहरुलाइ जिल्ला कमिटीमा पार्टीले मनोनयन गर्यो । झण्डै दुई बर्ष स्वयम् भिम प्रकाश शर्माले घोषित अस्विकार गरे ।

भिम प्रकाश अध्यक्ष हुँदा छाहारिले नेतृत्व स्वीकार गरेर जिल्ला कमिटिमा बस्न हुने, तर अहिले छाहारि अध्यक्ष हुँदा भिम प्रकाशले किन मान्न नहुने भन्ने बहस एकथरी पार्टीपंति भित्र चलेको थियो । झण्डै २ बर्ष बढि निष्कृय भएर बसेका नेता शर्मा पार्टीका नेता जनार्दन शर्मा ईन्चार्ज भएर आएपछि उनको एक तह बढुवा भयो भएपछि क्रियाशिल हुन थाले।

टिकटको बार्गेनिङ

दुर्भाग्यवश नेपालमा पहिलो संविधान सभाले जनताको संविधान दिन सकेन । दोस्रो संविधान सभा हुने भएपछि फेरि सल्यानमा एउटा संघर्ष चर्कियो । सल्यान निर्वाचन क्षेत्र नम्बर १ बाट तत्कालीन माओवादी तथा हाल नेकपा सल्यानका नेता टेकबहादुर बस्नेत फेरि निर्विकल्प भए ।

सायद ७५ जिल्लाको सबै जस्तो उमेदवारि टुंगो लागिसकेको थियोे होला तर सल्यान क्षेत्र नम्बर २ को उम्मेद्वारी बारे टुंगो लाग्न सकेको थिएन । जुनबेला खलंगामा कोठाभाडा लियर बस्ने आकांक्षी नेताहरुको उम्मेदवारको पिरलोका कारण आफ्नै आँसुले सिरानि भिजेको थियो, त्यो चर्चा अहिले नगरौ ।

तत्कालीन एमालेलेका नेता प्रकाश ज्वाला क्षेत्र नं. २ मा लगभग २ चरणको अभियान भ्याउनै लागेको बेला नेता भिम प्रकाशको नाम माथि उमेदवारिको टुंगो लाग्यो । त्यो बेलाको प्रतिस्पर्धि दल तत्कालीन एमालेले २ चरणको अभियान सक्काइसको थियो । शर्माले एउटा महेन्द्र जिपमा १ नं. निर्वाचन क्षेत्रबाटै एकहुल मान्छे बोकेर २ नं. क्षेत्रमा निर्वाचन प्रचार-प्रसार गरे ।

बार्गेनिङ नगरेर समयमै उमेदवारि टुंगो लगाएको भए र स्रोत साधन परिचालन देखि जनपरिचालन समयमै गरेको भए त्यतिबेला तत्कालीन एमालेका नेता प्रकाश ज्वालाले क्षेत्र न: १ बाट आएर बाजी मार्ने थिएनन । अर्थात तत्कालिन माओवादीले २ नम्बर निर्वाचन क्षेत्र गुमाउनु पर्ने थिएन ।

समानान्तर

एउटा चरणमा पुगेको जिल्ला पार्टीको दुइलाइन संघर्ष गुटमा परिणत भएपछि संस्थापन पक्षका हरेक कदममा अर्को गुटले समानान्तर गतिविधि गरेको कुरा लुकाएर नलुक्ने कुरा हो । हरेक चिजमा हरेक ठाउमा समान्तर जस्तै बन्दिने, नगर गाउँ पालिका, मिडिया हाउस, योजना, यातायात समिति जुन समितिमा बहुसंख्यक कर्मचारी पुर्वमाओवादीमा आश्था राख्ने छन । संस्थापन पक्षले नेतृत्व गरेका यी सार्वजनिक संस्थाहरुमा समेत यसले प्रभाव पार्न थाल्यो । त्यसले समग्र पार्टी आन्दोलनलाई फाइदा होइन नोक्सान गर्यो ।

सरकारले स्थानिय निर्वाचनको घोषणा गर्यो । बर्षोै देखि स्थानिय तह जनप्रतिनिधि विहिन थिए । अझ भनैा हामीले नै लडेर प्राप्त गरेको संघियता एउटा इकाईको निर्वाचन पार्टी आन्दोलन बिभाजन र टुटफुटले देशभर पार्टी कमजोर जस्तै देखिन्थ्यो तर बागचोैर नगरपालिका भने त्यस्तो थिएन । समग्र सल्यान त्यसमा पनि बागचोैरमा नगरमा पार्टी ज्युदो जाग्दो थियो । त्यहि पनि नगर प्रमुखको टिकेटका लागि अनेक तिकडम भए ।

अनेक परिचालन भयो अन्तत: मतदान प्रकृयाबाट टुंगो लगाउदा संस्थापन पक्षनै प्रमुख र उपप्रमुखमा पार्टी भित्र मात्रै हैन सिंगो नगर जितेर नगरप्रमुख लोकमान बुढाथोकी नगर उपप्रमुख कल्पना पुन बिराजमान भएको परिघटना गिताबाट सापटि लिएको होइन । बागचोैरको अन्तरसंघर्ष दुई गुटको झन टाढा बनाइदिएको कुरा सल्यानि पुर्व माओबादि आन्दोलनमा गुटको बिजारोपणको अर्को परिघटनाको रुपमा लिन सकिन्छ ।

उत्कर्षमा पुगेको संघर्ष बाँगीमा परिणत

स्थानिय निर्वाचन सकिए संगै नेपालको कम्युनिष्ट आन्दोलनमा एउटा ऐतिहासिक पहलको सुरुवात भयो । एउटा वहसको सुरु भयो कि, प्रदेश र संघिय निर्वाचनमा नेपालका ठुला दुई कम्युनिष्ट पार्टीले निर्वाचनमा बाम तालमेल गर्ने र संयुक्त रुपमा गठबन्धन गरेर निर्वाचनमा जाने । निर्वाचन सकिए लगत्तै पार्टी एकता सम्म गर्ने गरि एउटा पहलको सुरुवात भयो । गठबन्धन गरेर निर्वाचनमा जाँदा निश्चय पनि कहि पुर्व माओवादी केन्द्रको भागमा सिट पर्ने कतै पुर्व एमालेको भागमा निर्वाचन क्षेत्र पर्ने स्वाभाविक थियो ।

त्यसै अन्तरगत सल्यानमा पनि संघिय निर्वाचन क्षेत्र माओवादीको भागमा र प्रदेश सभाका दुवै निर्वाचन क्षेत्र पुर्व एमालेको भागमा पर्यो । यो पार्टी केन्द्रको नितिको कुरा थियो । राष्ट्रिय आवस्यकत्ताको कुरा थियोे । लाभको पदमा सबैले चाहा राख्नुलाइ अस्वाभाविक भन्न त मिल्दैन तर राष्ट्रिय आवश्यकत्ता पार्टी आन्दोलन नेतृत्व र जनताको मनोबिज्ञान कहाँ छ भन्ने कुरा मुख्य कुरा हो । यहि सन्दर्भमा पुर्व एमाले सल्यानबाट अहिलेका कर्णालि प्रदेश आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाको निर्वाचन लडन संघ र प्रदेश कुनै ठाउमा पार्टीको सिफारिस थिएन ।

विशेषगरि अध्यक्ष द्वयको सैद्धान्तिक सहमति सिनियर नेतालाई कतै नछुटाउने भन्ने रहेछ । पुर्व माओवादीका दुबै टिमका नेताहरुलाइ अध्यक्ष प्रचण्डले अहिले मुख्य नेतृत्व छुटाइन्न भनेर संस्थापन पक्ष बाहेकका नेताहरु कै अगाडि भनिसकेका थिए । फलस्वरूप तत्कालीन एमालेका प्रकाश ज्वाला दुबै ठाउमा सिफारिसमा नपर्दा नपर्दै उहाँ प्रदेश सभा सदस्यको उमेदवार बने । हाल उनी प्रदेश सरकारका बहाल वाला मन्त्री पनि छन ।

यो पार्टी केन्द्रको कुरा राष्ट्रिय आवस्यकत्ताको कुरा थियोे । महान लक्ष प्राप्तिका लागि गरिने त्यागको कुरा थियोे । त्यसको मर्म भावना लत्याउदै तत्कालीन जिल्ला अध्यक्ष कर्ण बहादुर बुढाथोकी भिमप्रकाश शर्माले टिकाराम ओली, जित बहादुर पुन, ज्ञान बहादुर ओली, उमाकान्त शर्मा लगायतको नेतृत्वमा आधिकारिक पार्टीका उमेदवार बिरुद्ध बाँगी उम्मेदवारी दिए । यो नै सल्यानी कम्युनिष्ट आन्दोलन कालखण्डमा दुर्भाग्यपूर्ण दिनको रुपमा दर्ज भैसकेको छ ।

त्यतिमात्रै होईन बर्षौ देखि आएको सांगठनिक अराजकता तथा बिचलनलाई छताछुल्ल बनाउदै संस्थापन पक्षलाइ निकै निज र निकृष्ट दर्ताको आरोप सम्म लगाइयो । यद्यपि कुनै पनि आरोपको पुष्टि अहिले सम्म भएका छैनन । अन्ततः निर्वाचन भएरै छोडने भयो बाँगी समुहका सम्पुर्ण नेतालाई पार्टीले कार्वाहि गर्यो । त्यसको सर्कुलर केन्द्रीय कार्यलय सम्म पुग्यो यता गठबन्धनका उमेदवारलाई जिताउन सम्पुर्ण पार्टी जनता कार्यकर्ता एकताबद्धका साथ लागे ।

सल्यान पुर्व माओवादीको नेतृत्व निम बहादुर केसि ‘अरुण’लाई पार्टीले जिम्मेवारी प्रदान गर्यो चुनावि मोर्चाको कमाण्डरको रुपमा तत्कालीन माओवादी केन्द्रको तर्फबाट नेब बहादुर कंवर ‘बिवेक’, कृति बहादुर पुन ‘प्रकाण्ड’, रत्न बहादुर वलि लगायतकाले चुनावि मोर्चा सम्हाले, फलस्वरुप दुवै प्रदेशका उमेदवार संघिय उमेदवार भारि मताका बिचबाट बिजय हाँसिल गरे । सल्यानी जनताले पार्टीका आधिकारिक उमेदवारलाई विस्वास गरे ।

माओवादी र एमालेको पार्टी एकताको सन्दर्भ

सल्यान माओवादी आन्दोलन रत्तरन्जित भुमि हो । यहाँ सयौंको बलिदानिको ईतिहास छ । नेपाली परिवर्तन प्रकृयामा माओवादी पार्टी र त्यसको नेतृत्वले अग्रपंक्तिमा भुमिका खेलेको कुरा सर्वविधित छ । पार्टी एकताको पहिलो जिल्ला बाँडफाँडमा पुर्वमाओवादीकै भागमा परेको थियोे । सल्यानको नेपाल कम्युनिष्ट पार्टीको ७०औ स्थापना दिवश र जिल्ला नेतृत्व घोषणा नजिकिदै गर्दा एकाएक परिस्थिति फेरियो ।

सल्यानमा पुर्व एमालेले नै नेतृत्व गरेर जाने कुरा भयो । यदि भागबन्डामा पहिलै पुर्व माओवादीको भागमा परेको सल्यान जिल्ला रात-रात कसरी पुर्व एमालेलाई दिने निर्णय भयो ? यसका पछाडि कुन अमुख शक्ति को हात छ?

कस्को चाहानामा यो सब गरियो ? यी प्रश्न अनुत्तरित हुन् । खैर सबै तिर सन्तुलन मिलाउदा सल्यानले फेरि अन्याय खेप्न परेको भए, कारण खुल्न सक्नुपर्थ्यो । बिडम्बना बिना कारण रातारात साटफेर गरियो । यदि प्रस्ट सैद्धान्तिक ब्यबहारिक कारण भए सायद बलिदान र त्यागको श्रृङखला बोकेर आएको सल्यानको पुर्वमाओवादी नेतृत्वले हाँसि-हाँसि राष्टिय आबस्यकताको अगाडि फेरि त्याग गर्थ्यो तर त्यसो हुन सकेन ।

केही ब्यबस्थापकीय हिसावले सल्यानी पुर्वमाओवादी नेतृत्वले फेरि एकपटक राष्ट्रिय आवस्यकताको अगाडि त्याग गर्नु पर्यो । केही मान्छेहरुले त्यसको कारण पार्टीको सचिवालयले गरेको मापदण्डको आधारमा यस्तो भयो भनेर बहस गरे । मापदण्डको आधार मै हो भने पुर्व एमालेबाट जिल्ला अध्यक्ष गोविन्द पुन र पुर्व माओवादी केन्द्रबाट संयोजक निम बहादुर केसि (अरुण) जिल्ला सचिव हुनुपर्ने हो । पार्टीको निर्णय त्यो खालको पाइएन ।

यहाँ विधि र प्रकृयाको धपेडि लगाएर उल्टै विधि र प्रकृयाको धज्जि मात्रै उडाइएन, विधि र प्रकृया मापदण्डलाई नै पंगु बनाइँएको छ । यसको सन्देश के हो ? के पार्टी नेतृत्वले हजारौं सल्यानी जनता हजारौं कर्मशिल कार्यकर्ता सिंगो पार्टी लाई नै ओझेलमा पारेर बाँगी समूह संग पार्टी एकता गर्ने खोजेको देखिन्छ ।

बाँगी समुहका मान्छे अयोग्य छन र नेतृत्व पाउन हुदैन भन्ने तर्क होइन एउटा स्वस्थ कम्युनिष्ट पार्टीमा पुरुस्कार र दण्ड सजायको प्रावधान हुन्छ । पार्टी निर्णय नै नमान्ने, राष्ट्रिय आवश्यकतालाई नमान्ने उल्टै निर्वाचनमा पार्टी कै उमेदवार हराउन उद्दत हुनेहरुलाई नै यसरी टीका लगाउदै जाने प्रथाले पार्टी आन्दोलन कहाँ पुग्छ ?

हामीले परिकल्पना गरेको विशाल र बिधिमा चल्ने कम्युनिष्ट पार्टी कसरी निर्माण हुन सक्छ । हो अहिले सचिवको जिम्मेवारि प्राप्त गर्नुभयको नेता पनि योग्य पात्र नै हो, यसमा दुविधा भएन तर उहाँहरुले आत्मसमिक्षा गर्नु पर्दैन ? गल्तिको महसुस गरेर आत्माआलोचना गर्नु पर्दैन ? साधारण पश्चाताप नै नगरि गलत चिजलाइ पुरस्कृत गर्दै जानुले हजारौं इमानदार नेता कार्यकर्ता को आत्मसम्मान र भावनामा गहिरो ठेस पुगेको छ ।

सिंगो पार्टी संगठन जनता एउटा कित्तामा छ । अब सबैको भावनाको सम्बोधन हुनेगरि पार्टीले सल्यानको सन्दर्भमा लिएको निर्णयमा पुनरबिचार गर्न जरुरि छ । पार्टी संगठन नेतृत्व र जनतालाई बाहिर राखेर गरिएको निर्णय अन्यायपुर्ण छ ।

होइन भने पुर्व माओवादीका नेता निम बहादुर केसि ‘अरुण’ले भनेजस्तै बाँगी समुहलाइ असहयोग गरेकै कारण सम्पुर्णलाई पार्टीले कार्वाही गर्ने ल्याकत राख्नुु पर्छ । पार्टीलाई बर्षौ देखि बार्गेनिङको थलो बनाएर पार्टी आन्दोलन र संगठनलाइ बिभक्त बनाउने कार्य जोखिम हुनेछ । पार्टी एकता पुर्वमाओवादी संग होइन, बाँगी समूहसंग गरिएको मापदण्ड विधि प्रकृया बिपरित छ । यसमा पार्टी नेतृत्व र सरोकारवालाले बेलैमा विवेक पुर्याउन् ।

लेखक लेकख वाइसियल नेपालका सल्यान जिल्ला सदस्य हुन्

प्रकाशित मिती २०७६ बैशाख १२ गते

सल्यान डायरीकाे स्तम्भ १ यस्ताे छ

नेकपा एकता : सल्यानमा जित्नेलाई कारबाही !

प्रकाशित मिति : २०७६ बैशाख १२ गते बिहिवार