• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

दाङमा नगर अपांगता सञ्जाल पुनर्गठन कार्यक्रम सम्पन्न


बैशाख १२, दाङ । राप्ती बहिरा संघ दाङ र डेक नेपाल बाँकेको व्यवस्थापन , तुलसीपुर उपमहानगरपालिकाकाे समन्वय र नगर अपांगता सञ्जालकाे अायाेजनामा अपांगता भएका व्यक्तिहरुकाे सशक्तीकरणका लागि अपांगता सञ्जाल पुनर्गठन कार्यक्रम बैशाख ११ गतेका दिन तुलसिपुरमा सम्पन्न भयाे ।

तुलसिपुर उपमहानगरपालिकाका उपप्रमुख माया अाचार्यकाे प्रमुख अातिथ्यता, राष्ट्रिय अपांग महासंघ प्रदेश नं.५ का अध्यक्ष देवीदत्त अाचार्यकाे विशिष्ट अातिथ्यता र अपांगता सञ्जालका संयाेजक दाेलक बहादुर खत्रीकाे सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बाेल्दै प्रमुख अतिथि अाचार्यले अपांगता भएका व्यक्तिहरुकाे विकास र सशक्तीकरणका लागि तुलसीपुर उपमहानगरपालिकाले अागामी वर्षहरुमा नीति तथा कार्यक्रम र प्रयाप्त बजेट विनियोजन गर्ने कुरा व्यक्त गरेकी थिईन् ।त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि देवीदत्त अाचार्यले राज्यले अपांगता भएका व्यक्तिहरुकाे अावश्यकता परिपुर्तिकालागि स्थानीय निकायले नीतिगत व्यवस्था गर्नुपर्नेमा जाेड दिएका थिए ।

अपांगता सञ्जालका सहसंयाेजक तिलसरा पुनकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राप्ती बहिरा संघ दाङका निर्देशक प्रतिमा शर्माले विषय प्रवेश गराएकी थिइन । कार्यक्रमकाे उद्घाटन सत्रमा बाेल्दै नेकपा तुलसीपुर नगर कमिटी अध्यक्ष खुशीराम चाैधरीले अपांगता भएका व्यक्तिहरु राज्यका गहना भएको र उनिहरुकाे संरक्षण गर्नु सम्पुर्ण सराेकारवाला निकायकाे दायित्व भएको र त्यसकाे लागि अाफु लागिपर्नेमा जाेड दिए ।

त्यसैगरी कार्यक्रम नेपाली काँग्रेस दाङ जिल्ला सदस्य सुरेन्द्र बहादुर खड्काले अपांग ता भएका व्यक्तिहरुकाे अधिकार सुनिश्चितताका लागि उनिहरुकाे राजनीतिक अधिकार सुनिश्चित हुन जरुरी भएको र सबै राजनीतिक दलहरुले सबै प्रकारका अपांगता भएका व्यक्तिहरुकाे प्रतिनिधित्व हुनेगरी अाफ्ना पार्टीका विधानमा व्यवस्था गर्नुपर्ने र सरकारले अपांगताकाे गम्भीरताका अाधारमा कसैलाई पनि विभेद नगरी सेवासुविधा दिनुपर्नेमा जाेड दिएका थिए ।

उक्त कार्यक्रममा राष्ट्रिय अपांगमहासंघ प्रदेश नं.५ का अध्यक्ष देविदत्त अाचार्य, बाैद्धिक अपांग महासंघका केन्द्रीय काेषाध्यक्ष गाेकर्ण अाचार्य, नेकपा तुलसीपुर नगर अध्यक्ष खुशिराम चाैधरी,नेपाली काँग्रेस दाङ जिल्ला सदस्य सुरेन्द्र बहादुर खड्का , तुलसीपुर उपमहानगरपालिका महिला विकास

प्रकाशित मिति : २०७६ बैशाख १२ गते बिहिवार