• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

अनौठो कारण : यी युवती पिउछिन् कुकुरको पिसाब


बैशाख १२, काठमाडौँ ।

के तपाईले कहिल्यै कुकुरको पिसाब खाएको देख्नु र सुन्नु भएको छ ।

गाईको पिसाब खाएको भने देख्नु भएको होला । तर यो संसारमा गाईको मात्र होइन् ,कुकुरको पिसाब खाने मानिसहरु छन् ।

यो सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर यो सत्य कुरा हो । हेरौ को हुन् ती युवती ?

उनी अमेरिकी लीन ल्यू नामकी युवती हुन् । उनले दैनिक रुपमा कुकुरको एक गिलास पिसाब पिउने गरेकी छिन् ।

उनले हामीले चिया पिए जस्तै कुकुरको पिसाब बिना हिचकिचाहट पिउछिन् । त्यतिमात्र होइन्, आफ्नो कुकुरको पिसाब कम भएको बेला छिमेकीको कुकुरको पिसाब समेत पिउछिन् ।

यो देखेर सबैजना अचम्म मान्दै उनलाई, किन कुकुरको पिएको भनेर प्रश्न सोध्दा जवाफमा उनले कुकुरको पिसाब पिउनाले अनुहारमा दाग, धब्बा नआउने र क्यान्सरजस्तो रोगबाट पनि बच्न सकिने बताइन् ।

त्यसमा थप्दै भनिन् ‘मलाई मानिसहरुले मेरो सुन्दरताको राज के हो भनेर सोध्छन् । मेरो सुन्दरताको कमाल कुकुरको पिसाब भएको’ बताइन् ।

प्रकाशित मिति : २०७६ बैशाख १२ गते बिहिवार