• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

कपुरकाेट गाउँपालिका अध्यक्षद्वारा बुबाकाे स्मृतीमा १ लाखको अक्षयकोष घोषणा


शंकर के सी, / बैशाख १३, सल्यान ।

सल्यानको कपुरकोट गाउापालिकाका अध्यक्ष भिम बहादुर सेनले विद्यालयमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । वडा नम्बर ४ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा स्वर्गीय वुवा बेल बहादुर सेनको स्मृतिमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् ।

गरिव, टुहुरा, जेहेन्दार विद्यार्थीको पढाइमा सहयोग पुर्याउने उद्देश्यले अक्षयकोष खडा गर्ने घोषणा अध्यक्ष सेनले विद्यालयको ५५ औँ वार्षिक उत्सव समारोहमा घोषणा गरे । गाउापालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष समेत रहेका सेनले नेरामावि किमुचौरमा कक्षा ७ सम्म अध्ययन गरेका थिए ।

उनी विद्यालयका पूर्व विव्यस अध्यक्ष समेत हुन् । अक्षयकोषबाट हरेक वर्ष टुहुरा, गरिव तथा जेहेन्दार विद्यार्थीलाइ छात्रवृत्तिको व्यवस्था मिलाइने विद्यालयका प्रअ सिट्टसाप विष्टले बताए ।

कार्यक्रममा अध्यक्ष सेनले विद्यालयको प्रगतिका लागि संधै लागिरहने भन्दै शैक्षिक स्तरवृद्धिका लागि सबै शिक्षक, कर्मचारी र अभिभावक एकताबद्ध हुनुपर्ने बताए । कार्यक्रममा विव्यस अध्यक्ष हरिलाल पुनले विद्यालयमा अक्षयकोष खडा गरेर गाउँपालिका अध्यक्षले उदाहरणीय काम गरेको बताएका थिए ।

कार्यक्रममा नेपाल शिक्षक महासंघ सल्यानका अध्यक्ष मधुसुदन गिरी, शिक्षा शाखा कपुरकोटका प्रमुख कृष्ण भण्डारी, कपुरकोट ३ का वडाध्यक्ष मिन बहादुर सेन, खेलकुद विकास समिती कपुरकोटका अध्यक्ष द्रोण के सी, शिक्षक महासंघका केन्द्रीय प्रतिनिधी वामदेव अधिकारि, मावि संखमुलका प्रअ शिव रेग्मी, शिक्षक संघ कर्णालीका उपाध्यक्ष रुद्र चन्द लगाएतले बोल्दै अवको शिक्षा दिगो विकासलाइ टेवा पुर्याउने खालको हुनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २०७६ बैशाख १३ गते शुक्रवार