• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यानका ५ स्थानिय तहमा सुशासनमा नागरिक सहभागीता कार्यक्रम शुरु


बैशाख १३, सल्यान ।

सुशासनमा जनसहभागीता अभिवृद्धि गर्न सल्यानमा सुशासनमा नागरिक सहभागीता कार्यक्रम शुरु भएको छ । जिल्लाको सिद्धकुमाख, कपुरकोट, त्रिवेणी, कालिमाटी र दार्मा गाउँपालिकामा यो कार्यक्रम शुरु भएको दलित विकास समाज सल्यानले जनाएको छ ।

यो कार्यक्रम चार वर्षसम्म सञ्चालन हुने दलित विकास समाज सल्यानका कार्यकारि निर्देशक दुर्गा पुनले जानकारि दिए । विहिबार कपुरकोट गाउँपालिकामा सुशासनमा नागरिक सहभागीता कार्यक्रमका बारे अभिमुखिकरण गरिएको छ ।

कार्यक्रममा नागरिक र स्थानिय सरकारविच सहभागीतामुलक र सहयोगात्मक सम्बन्ध स्थापित गर्ने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको निर्देशक पुनले जनाए । स्थानिय तहको सेवा प्रवाहमा सुधार र स्थानिय आवश्यकतालाइ सम्बोधन गर्ने नीती, कार्यक्रम निर्माणका लागी सहकार्य र नियमित संवाद गरिने कार्यक्रमका जिल्ला संयोजक गुमान सिंह नेपालिले जानकारि दिएका छन् ।

कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले सुसाशन प्रवद्र्धनका लागी सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए । उनले कुनै पनि परियोजना लक्षीत वर्ग सम्म पुग्नुपर्ने कुरामा जोड दिदै कपुरकोट गाउँपालिकाले आफ्ना निती, कार्यक्रम, बजेट, प्रदान गरिने सेवा र प्राप्त गर्ने प्रक्रिया लगाएत गुनासो सुनुवाइर गुनासो ब्यवस्थापनका सन्दर्भमा काम गरिरहेको बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले समाजमा पछाडी पारिएका समुदाय र वर्गका विचार र सवाललाइ समेट्नुपर्ने कुरामा जोड दिइन् । यस्तै प्रमुख प्रशसकीय अधिकृत सुवाश रिजालले सूचना प्रविधिको भरपुर उपयोग गरेर सुशासन कायम गर्नुपर्ने धारणा राख्दै यसका लागी गाउँपालिकाका सम्पूर्ण कर्मचारिहरु प्रतिवद्ध रहेको बताए ।

गेहेन्द्र केसीले सहजीकरण गरेको कार्यक्रममा वडा अध्यक्षहरु, विषयगत शाखा कार्यालयका प्रमुखहरु, वाल सञ्जाल, तरकारि संकलन केन्द्र, सुरक्षाकर्मी, पत्रकार लगाएतको सहभागीता थियो ।

प्रकाशित मिति : २०७६ बैशाख १३ गते शुक्रवार