• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

दाङका प्रेम प्रकाश र मेलिना राईको आवाजमा “हल्ला नगर” गीत सार्बजनिक (भिडियो सहित )


राजन के.सी./ बैशाख १४, तुलसीपुर ।

ओखर काचो छ को अपार सफलता पछि गायक प्रेम प्रकाश ओलि र गायिका मेलिना राईको आवाजमा हल्ला नगर बोलको लोक आधुनिक पप शैलीको गीत सार्बजनिक गरिएको छ । बिशेष गरेर दर्जनौ आधुनिक गीतसंगीतमा आफुलाई स्थापित गरिसकेका ओली दाङ तुलसीपुर निबासी हुन् ।

गीतको रचना डा. बिपी भुसालले गरेका छन् भने गीतमा बिबि अनुरागीको संगीत रहेको छ । गीतकाे म्युजीक भिडियोमा दिपेन्द्र शाही ठकुरी र करिश्मा ढकालको अभिनय रहेको छ । गीतलाई निर्देशन तथा कोरिग्राफी दिपेन्द्र शाही ठकुरीले नै गरेका हुन् ।

गीतको छायाँकन अजय रेग्मी र सम्पादन सुरेश राउतले गरेका छन् । उक्त गीतको भिडियो OSR Degital Youtube Chanel मार्फत सार्बजनिक गरिएको छ ।

यस्ताे छ भिडियाे

प्रकाशित मिति : २०७६ बैशाख १४ गते शनिवार