• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

‘म विप्लव समर्थन नै हुँ, प्रचण्डको पार्टीमा प्रबेश गर्याे भन्ने समाचार झुटो हो’- बुढाथोकी


बैशाख १४, काठमाडौँ ।

सरकारद्वरा प्रतिबन्धीत विप्लव नेतृत्वको नेकपा निकट नेपाल गणतान्त्रिक खेलकुद महासंघमा आबद्ध खेलाडी पुरुषोत्तम बुढाथोकीले आफु विप्लव समर्थन नै भएको बताएका छन् ।

केहि दिन पहिले सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डको हातबाट टिका लगाएर पार्टी प्रवेश गरेको भन्ने समाचार भ्रमपूर्ण रहेको भन्दै उनले विज्ञप्ती जारी गर्दै त्यसको खण्डन गरेका हुन् । विगत १६ बर्षदेखी निरन्तर खेलकुद क्षेत्रमा क्रियाशील भएका बुढाथोकीले आफुले प्रचण्डको पार्टीमा प्रबेश नगरेको बताएका हुन् ।

उनले चैत २६ गते ललितपुरका आफ्ना साथीहरु समेत रहेका सरकारी नेकपाका स्थानिय कार्यकर्ताहरुले साथिभाइहरुको जमघट छ भनि झुक्याएर प्रचण्ड भएको स्थान पुर्याएको समेत जनाइएका छन् । तर आफुले प्रचण्डको पार्टीमा प्रबेश नगरेको उनले बताए ।

उनि लामो समयदेखि खेलकुद क्षेत्रमा रहेर इमान्दारितापुर्बक काम गर्दै आइरहेका युवा भएका कारण बढ्दो प्रगति देखेर अगाडी बढिरहेको गतिलाई कमजोर बनाउन उनको सोझोपनको फाइदा उठाउदै सत्तारुढ नेकपाका कार्यकर्ताले बुढाथोकीको बद्नाम गरेको उनका नजिकका स्थानिय बताउछन् ।

बुढाथोकीले आगामी दिनमा पनि खेल जगतमा रही राष्ट्रिय हितका लागि काम गर्ने बताएका छन् । उनले हालसम्म आफु जुन खेलकुद संगठनमा रहेर राष्ट्रको हितमा काम गरेको छु आगामी दिनमा पनि उक्त खेलकुद संगठनमा नै क्रियाशील रहने जनाएका छन् ।

प्रकाशित मिति : २०७६ बैशाख १४ गते शनिवार