• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

सर्वसाधारणको नाम विप्लव पार्टीका हुन भन्दै प्रहरीले अभिलेखमा राखेपछि…


बैशाख १४, बझाङ ।

प्रहरीले बझाङमा २ सर्वसाधारण मानिसको नाम विप्लव नेकपामा भएको भन्दै राखेपछि यी व्यक्तीहरुले हटाउन माग गरेका छन् ।

विप्लवको पार्टीमा आवद्ध नभएका ती व्यक्तीहरुको नाम प्रहरीले विप्लव समुहमा आवद्ध भएको भन्दै अभिलेखमा राखेको थियो । बझाङको केदारस्युँ गाउँपालिका–१ रायलका १९ वर्षीय सन्दीप मल्ल र दुर्गाथली गाउँपालिका–७ का २८ वर्षीय सन्तोष दौल्यालले आफु विप्लव नेकपामा नभएको निवेदन जिल्ला प्रहरी कार्यालय बझाङमा दिएपछि उक्त कुराको खुलासा भएको हो ।

त्यस्तै अन्य स्थानीयका अनुसार प्रहरीले गाउँका सामान्य व्यक्तीहरुलाई पनि विप्लव समुहमा भएको भन्दै खोजतलासी मानसिक टचर दिने गरेको अरोप छ । पत्रकार सँग कुरा गर्दै एक स्थानीयले भने– “विप्लव पार्टीमै नलागेका व्यक्तीको नाम अभिलेखमा राखिन्छ भने अन्य सामान्य विप्लवको नाम लिने नागरिकलाई प्रहरीले के गर्ला ?”

यता जिल्ला प्रहरी कार्यालय बाझङका सुचना अधिकारी प्रहरी निरीक्षक नैनबहादुर साउदले निवेदन परेपछि ती दुई व्यक्तीहरुको नाम अभिलेखबाट हटाइएको जनकारी दिए । उनले ती व्यक्तीले विप्लव समूहमा नरहेको र आगामी दिनमा नरहने प्रतिबद्धतापत्र गरेको बताए ।

प्रकाशित मिति : २०७६ बैशाख १४ गते शनिवार