• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

अब मुगुका सडक पिच गरिन्छ : मन्त्री ज्वाला


बैशाख १५, मुगु ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले मुगुको नाग्म गमगढी सडक कालोपत्रे गर्ने बताएका छन् ।

शनिबार मुगु सदरमुकाम गमगढीमा प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्वालाले आगामी आर्थिक वर्षमा मुगुका लागि पर्यटन विकास, नाग्म गमगढी सडक कालोपत्रे गर्ने कार्यलाई प्राथामिकता दिई पर्याप्त बजेट व्यवस्था गर्ने बताएका हुन् । उनले गमगढी नाक्चे लाग्ना सडकलाई राष्ट्रिय गौरबको आयोजना भित्र राखि पर्याप्त बजेट विनियोजन गर्न केन्द्र सरकारलाई समेत दवाव दिने बताए ।

उनले भने– “समानिकण अनुदानलाई ४० करोडबाट १ अर्ब र्पुयाउछौँ, समपुरक बजेट ६० करोडबाट ८२ करोड बनाउने लक्ष्य रहेको छ ।” उनले विगतमा भए गरेका कमी कमजोरी लाई सच्चाउँदै जाने बताएका छन् ।

मन्त्री ज्वालाले चालु आर्थिक वर्षमा विविध समस्या र अडचनकाबीच प्रदेश सरकारले काम गर्नु परेकाले केही कमजोरी देखिए पनि आगामी आर्थिक वर्षमा कमि कमजोरीलाई सच्याउदै १ करोड भन्दा मुनिका टुक्रे योजना दिने काम पूर्ण रुपमा बन्द हुने बताए । चालु आर्थिक वर्षमा प्रदेशका विभिन्न जिल्लाहरूमा प्रदेश सरकारले टुक्रे योजना दिएको र आलोचना आएपछि आगामी आर्थिक वर्षमा टुक्रे योजनालाई नियन्त्रण गरिने मन्त्री ज्वालाले दावी गरेका छन् ।

कर्णाली प्रदेश सरकारले मन्त्री र प्रदेश सभा सदस्यहरूको पहुँचका आधारमा बजेट दिएको जसका कारण मन्त्री नभएका जिल्लामा बजेट न्यून दिएको भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री ज्वालाले आगामी आर्थिक वर्षमा पहुँचका आधारमा नभई सबै जिल्लाको सम्भावना र आवश्यकताका आधारमा बजेट विनियोजन गर्ने बताए ।

त्यस्तै कर्णाली रारा पर्यटन वर्ष २०७५ को उदघाटन कार्यक्रममा आर्थिक घोटाला भएको भन्ने विषय गलत भएको तर लागत खर्च अनुमान कम गरी कार्यक्रम बनाइएको तर खर्च बढी आउँदा प्रक्रियागत त्रुटी भएको मन्त्री ज्वालाले दावी गरे ।

कर्णाली प्रदेशको कर्णाली प्रदेश योजना आयोगले सदरमुकाम गमगढीमा आयोजना गरेको प्रथम आवधिक योजनाको आधार पत्र तर्जुमाका लागि सुझाव संकलन गोष्ठीमा सहभागी हुन मन्त्री ज्वाला शनिवार मुगु पुगेका हुन । गोष्ठीका लागि प्रदेश योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुण्यप्रसाद रेग्मी, आयोगका सदस्य डाक्टर दीपेन्द्र रोकायाको टोली मुगु आएको थियो ।

प्रकाशित मिति : २०७६ बैशाख १५ गते आइतवार