• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा २ जना गम्भीर घाईते


बैशाख १५, सल्यान ।

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुईजना गम्भीर घाईते भएका छन् ।

जिल्लाको लुहामबाट छत्रेश्वरी गाउँपालिकाको जपचौर जाँदै गरेको लु ४ त ५५६ नम्बरको ट्याक्टर आज दिउँसो भिम्पेमा दुर्घटना भएको हो । दुर्घटनामा परि चालक त्रिवेणी गाउँपालिका ६ का २७ बर्षीय नोखिराम खत्री र सोही ठाउँका सहचालक १६ बर्षीय प्रविण योगी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

उनिहरुलाई उपचारका लागी नेपालगंज लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनिहरु औषधी ढुवानीका लागी जयचौरको स्वास्थ्य चौकीमा हिडेका थिए ।

फाइल फाेटाे

प्रकाशित मिति : २०७६ बैशाख १५ गते आइतवार