• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

दाङ तुलसीपुरमा बस दुर्घटना (घाईतेको विवरण सहित)


पूर्ण के.सी. बैशाख १५, दाङ । तुलसीपुर ६ हात्तीखौवा नजिकै यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटना हुदा ११ जना घाईते भएका छन् । तुलसीपुरबाट बिराटनगरका लागी छुटेको ना ५ ख २२३४ नम्बरको यात्रु वाहक बस आज दिउँसो दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

बस दुर्घटनामा परि तुलसीपुर ५ का ३१ वर्षिय यज्ञ बहादुर बिक, तुलसीपुर १५ का २७ वर्षिय रविकिरण वली,दंगीशरण २ कौवाघारी १९ वर्षिया जमुना ओलि, बबई ३ का सिताराम ओलि,बबई ५ रगैचा बस्ने १२ वर्षिय समिर विक, उनका भाई १० वर्षिय अर्जुन विक, बस सहचालक राप्ती गाउँपालिका ९ का मोहन सेपाईली, घोराही १ का २८ वर्षिय केशवराज पाण्डे, सुनसरी ईनरुवा ३ बस्ने ३५ वर्षिया कमला सुवेदी, मोरङ तकिया गाउँपालिका ५ बस्ने ५३ वर्षिय पबलाल मण्डल र घोराही ४ लक्ष्मीपुर बस्ने ३२ वर्षिया बसन्ता अधिकारी घाईते भएका छन् ।

घाईते मध्ये घोराही ४ लक्ष्मीपुर बस्ने ३२ वर्षिया बसन्ता अधिकारी र बबई गाउँपालिका ५ रगैचा बस्ने १२ बर्षीय समिर बिक गम्भीर घाईते भएका छन् ।

उनीहरुको थप उपचारका लागी कोहलपुर रिफर गरिएको प्रहरीले बताएको छ । अन्य ९ जना घाईतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि घर फर्कि सकेको बताईएको छ ।

बसको पट्टा भाचिँएको कारणले बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख १५ गते आइतवार