• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

प्रदेशमा भएपनि सल्यानका ज्योती प्रकाशले ल्याए लोकदोहोरी गीत “नशा”


बैशाख १५, सल्यान ।

जन्मथलो सल्यान भएर रोजगारीको लागी प्रदेशमा गएका नव गायक ज्योती प्रकाश सुनारले “नशा” बोलको लोकदोहोरी गीत सार्वजनिक गरेका छन् ।

गीतमा उनी आफैंले शब्द र संगीत दिएका छन् । गीतको महिला आवाजमा निर्मला विकको रहेको छ । त्यस्तै टेकनाथ खड्काले पनि आवाज दिएका छन् ।

सानै उमेरदेखि गीत सगीतलाई मन पराउने उनले एक दिन राम्रो कलाकार बन्छु भन्ने सपना भएका कारण गीत सार्वजनिक गरेको बताउछन् । रोजगारीको लागि दुबई मा रहेका उनले बेला बेलामा अन्य गीत पनि बजारमा ल्याइसकेका छन् ।

उनले सबै भन्दा पहिले एउटा नाच्ने खाल्को गीत “पाँच एकाने पाँच” बजारमा ल्याएको थिए । जुन गीतले उनलाई यस क्षेत्रमा अगाडि बढ्न सहयोग गरेको उनको भनाई छ ।

त्यसपछि उनले वान पीस, जुगै गयो मेरो, पिरतीको इतिहास बोलका गीत बजारमा ल्याएका थिए । उनले अन्य गीतहरुमा पनि शब्द लेखेका छन् ।

यस्ताे छ भिडियाे

प्रकाशित मिति : २०७६ बैशाख १५ गते आइतवार