• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

आफ्नाे पाईन्ट झारी दिएकाे भन्दै सल्यानमा एक युवकले गरे अर्का युवककाे हत्या !


बैशाख १६, सल्यान । 

गत बैशाख ४ गते कपुरकोट ६ सल्यान फौद बहादुर भण्डारीको हत्याका अभियुक्त निर्मल बुढालाइ प्रहरीले पक्राउ गरेको छ ।

फौद बहादुरको आफ्नै घर नजिकमा हत्याकाे अभियाेगमा फरार रहेका कपुरकोट ५ रीम बस्ने २५ वर्षिय निर्मललाइ बैशाख ९ मा नै प्रहरीले पक्राउ गरेकाे हाे । जिल्ला प्रहरी कार्यालय सल्यानले सोमबार निर्मललाइ सार्वजनीक गरेको हो ।

कपुरकोट ६ खोलीगाउँ घरभइ लामो सम देखि भारतमा बस्दै आएका ३९ वर्षिय फौद बहादुरलाइ निर्मलले आफु पनि भारतमा रहेको बेला अपमान गरेकाले हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । भारतको चन्दीगढमा दुबै जनाले एउटै होटलमा काम गर्ने क्रममा मृतक फौद बहादुरले अभियुक्त निर्मल बुढालाई अश्लिल शव्दहरु प्रयोग गरी अपमानजनक ब्याबहार गरी पाईन्ट झारि दिने र चन्दीगढ हुदा दिएको विरियानी खाएपछी विरामी भई घर आउनुपरेको विषयमा फौद बहादुर नेपाल आएको बेला निर्मलको घरमा विवाद हुदा हत्या गरेको बयान निर्मलले प्रहरी सामु दिएका छन् ।

निर्मलले पैयुँ जातको काठको लाठीले टाउकोमा प्रहार गरि हत्या गरेकाे स्वीकार प्रहरी सामु गरेकाे जनाएकाे छ । अभियुक्त निर्मललाइ गत बैशाख ९ मा आफ्नै घर आएको बेला विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक मान बहादुर खड्को टोलीले पक्राउ गरेको थियो ।

उनलाइ जिल्ला अदालतबाट म्याद थपको अनुमतिलिइ इप्रका लुहामको हिरासतमा राखि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख १६ गते सोमवार