राजन केसी / बैशाख १६, दाङ ।
संचार जगतमा ७/८ बर्षको लामो अनुभब गरिसकेकी संचारकर्मी प्रिती स्वर्णकार पेशाले रेडियो / टेलिभिजन कार्यक्रम सञ्चालन गर्ने एक कुशल संचालिका हुन ।
उनि हाल दाङ्ग घोराही स्थित रेडियो मध्यपश्चिम एफ.एम ९१.४ मेगाहर्जमा कार्यक्रम संचालिकाको रुममा कार्यरत छिन् । यतिमात्र हैन उनि देशका विभिन्न स्थानमा हुने बृहत मेला, महोत्सबहरुमा कार्यक्रम संचालन समेत गर्ने गरेकी छन् ।
हुनत हरेक व्यक्तिमा आफुमा कुनै न कुनै एक कला लुकेको हुन्छ त्यो कलालाई कतिले सजिलै संग बहिर प्रस्तुत गर्न सक्छन त कतिले सक्दैनन् । सानै उमेर देखि रेडियो टेलिभिजनमा बोल्न गीत गाउन र नाच्न रुचि भएकी प्रितीले लामो समएको संचारजगत संगसंगै गित-संगित क्षेत्रमा पनि आफुलाई स्थापित गर्ने प्रतिबद्धता जनाएकी छिन् ।
हाल उनको सार्बजनिक भएको स्टेज तताउने खालको (धमाका) नामक लोकपप गीति एल्बम बाजारमा सार्बजनिक भएको छ । जुन गितमा शब्द / रचना स्वर उनको आफ्नै रहेको छ भने उनलाई गायक जनक बिवस न्यौपानेले साथ दिएका छन् ।
गीतमा संगीत जनक बिबश न्यौपाने,एरेन्ज राजु कार्की, रेकर्डर सुरेश राईको रहेको छ ।
यस्ताे छ गीत