• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

हुलाक कार्यालय सल्यानले बसपार्कबाट पनि साधारण सेवा दिन सुरु गर्याे


बैशाख १७, सल्यान ।
जिल्ला हुलाक कार्यालय सल्यानले जिल्लाको सदरमुकाम खलंकामा रहेको पुरानो बसपार्कबाट पनि आफ्नो साधारण खालको सेवा दिन सुरु गरेको छ । बसपार्कमा सबैलाई सहज हुनेभन्दै कार्यालयले मंगलबारदेखि सामान्य खालको सेवा दिन सुरु गरेको हो । जसमा साधारण चिठीपत्र पठाउ, खुद्रा पैसा साट्न, र टिकट बिक्री गर्न सकिने जिल्ला हुलाक अधिकृत धिरेन्द्र भण्डारीले बताए ।

उनका अनुसार बसपार्कमा रहेको प्रतिक्षालयमा एकजना कर्मचारी सहित चिठीपत्र राखिने सानो पेटीका राखिने छ । सेवा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म हुने उनले बताए । त्यहाँ संकलन भएका सबै चिठीपत्र २ बजेपछि हुलाक कार्यालयमा लगेर व्यवस्थापन गरिने उनले जनाए ।

उक्क सेवाको उद्घाटन गर्दै शारदा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष केशव सिंह श्रेष्ठले उक्त प्रतिक्षालयमा कर्मचारीलाई बस्न सक्ने खालको व्यवस्था मिलाउने आश्वासन दिएका छन् । उनले त्यसको लागी सामान्य टेबुल र कुर्सि वडाको तर्फबाट राखिदिने प्रतिवद्धता जनाएका छन ।

स्थानीय रुपा विकका अनुसार यो सेवाले सामान्य कामका लागी पनि कार्यालय जानुपर्ने समस्या टरेको बताइन् । व्यापारीले पनि टिकटमा खाने कमिसनको अब अन्त्य हुने उनले बताइन् ।

प्रकाशित मिति : २०७६ बैशाख १७ गते मङ्गलवार