• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

संसारलाई नै अचम्मित पार्ने महिला : जसले ३९ बर्षको उमेरमा ४४ छाेराछाेरी जन्माइन्


बैशाख १७, काठमाडौँ ।
विश्वकै एक उदाहरणीय महिला जसले ३९ वर्षको उमेरमा ४४ जना सन्तान जन्माएर दुनियाँ नै चकित बनाएकी छन् । जन्मिएका ४४ सन्तान मध्ये ३८ सन्तान अहिले पनि जिवितै रहेका छन् । ६ जनाको मृत्यु भइसकेको छ । युगान्डाकी यी महिलाको नाम मरिया नाबातन्जी हो ।

१२ वर्षको उमेरमा विवाह गरेकी उनले १३ वर्षको उमेरदेखि नै बच्चा जन्माउन सुरु गरेकी हुन् । २६ वर्षको उमेरमा ४ दर्जन सन्तन जन्माइसकेकी थिइन् । ४० वर्ष पुगिसकेकी उनको ३८ जना जुम्ल्याहा बच्चा रहेका छन् । उनले ६ पटक जुम्ल्याहा र चार पटक तिम्ल्याहा बच्चा जन्माएकी थिइन् । पहिलो पटक जुम्ल्याहा बच्चा जन्माएकी उनले परिवार नियोजन गर्ने निर्णय गरेकी थिइन् ।

तर गर्भासयमा सामान्य महिलाको भन्दा ठूलो गर्भासय भएको कारण परिवार नियोजनका औषधी लिनु उनको लागि खतरनाक हुने डर देखेपछि डाक्टरले उनलाई फर्काइदिए । अहिले पनि उनले आफ्नो सबै बच्चाको हेरचाह आफु एक्लैले गर्दै आएकी छन् ।

छैटौँ पटक जुम्ल्याहा सन्तान पाउँदा एक शिशुको मृत्यु भयो त्यतिबेला उनी धेरै रोइन् । उनी रोएको देखेर उनका श्रीमानले छोडेर हिडे । अहिले सम्म फर्किएका छैनन् । जिवित रहेका ३८ जना सन्तानको हेरचाह उनी एक्लैले गरिरहेकी छन् ।

प्रकाशित मिति : २०७६ बैशाख १७ गते मङ्गलवार