• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

चट्टान फुटाउने क्रममा स्काभेटर कर्णाली नदीमा खस्यो


बैशाख १७, हुम्ला ।
चट्टान फुटाउने क्रममा स्काभेटर कर्णाली नदीमा खसेको छ । मंगलबार बिहान साढे ११ बजे खार्पुनाथ गाउँपालिका वडा ५ को घुम्ने भन्ने ठाउँमाबाट स्काइभेटर खसेको हो ।

कर्णाली करिडोर अन्तर्गत हुम्ला जिल्ला भित्र पर्ने खार्पु छारे खण्डको घुम्ने (घोडाबान) भन्ने ठाउँमा सडक निर्माणका लागि चट्टान फुटाइरहेको बेला माथिबाट चट्टान र रुखहरु आए पछि चट्टान, रुख र स्काभेटर संगै लगभग ३० मिटर तल कर्णली नदीमा खसेको खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकिर शाहीले बताए । स्काभेटर सहित नदीमा खसेका चालक बिष्णु बुढालाई तत्काल उद्धार गरी खार्पुनाथ गाउँपालिकामा रहेको स्वास्थ्य चौकीमा प्राथामिक उपचार गरिएको छ ।

बुढको टाउकोमा गहीरो चोट लागेको हुँदा शाही मेडिकलमा टाँका लगाई थप उपचारका लागि जिल्ला अस्पताल सिमीकोटमा पठाईएको प्रशासकिय अधिकृत शाहीले बताए । चालक बुढाको छाती र ढाडमा पनि सामान्य चोट लागेको उनले बताएका छन् ।

खार्पु देखि छारे सम्मको १६ किलोमिटर सडक निर्माणको जिम्मा पाएको (पिएस द क्याराभान कंग्री जेभिल)ले खार्पुनाथ गाउँपालिकाको केन्द्र याङचु बगरबाट साडे १ किलोमीटर दक्षिण स्थित कर्णली नदी तिरको घुम्ने भीर (घोडाबान)मा सडक खनिरहेका बेला ठेकेदार मंगल लामाको स्काभेटर कर्णलीमा खसेको हो । स्काभेटर कर्णालीको भेलमा खसेकाले निकाल्न नसकिने याङचु प्रहरी चौकी खार्पुलाई उदृत गर्दै हुम्ला प्रहरी प्रमुख रामप्रशाद घर्ति मगरले बताएका छन।

 

प्रकाशित मिति : २०७६ बैशाख १७ गते मङ्गलवार