• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने सर्वाेच्चकाे आदेशमा रिहा


बैशाख १७, काठमाडौँ ।
बुटवलमा गत वैशाख ७ गते आयोजित बुटवल जितगढी उत्सवमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने युवा देवराज घिमिरे रिहा भएका छन् । कालोझण्डा देखाएपछि प्रहरी हिरासतमा रहेका घिमिरे सर्वोच्च अदालतको आदेशपछि रिहा भएका हुन् ।

कालो झण्डा देखाएपछि पक्राउ परेका उनलाई प्रहरीले हिरासतमा लिएको थियो । जितगढीमा प्रधानमन्त्री ओलीले बोल्न थाले लगत्तै घिमिरेले नाराबाजी गर्दै कालोझण्डा देखाएका थिए ।

बुटवल उपमहानगरपालिका-११ मजुवा निवासी घिमिरेले राष्ट्रियता जिन्दावाद, मेरो देश प्राणभन्दा प्यारो छ , उजिर सिंह जिन्दावाद भन्दै कालोझण्डा देखाएका थिए । घिमिरेले स्वत:फूर्त प्रधानमन्त्रीको विरोधमा उत्रेको बताएका थिए ।

प्रकाशित मिति : २०७६ बैशाख १७ गते मङ्गलवार