• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा साढे एक हजारले निशुल्क मुटु चेक गराए, १६ जनाकाे निशुल्क अप्रेशन हुने


बैशाख १६, सल्यान ।
सल्यानमा मुटु रोग चेकजाँच शिविरमा हजारौँ व्यक्तीले सेवा लिएका छन् । सल्यान उत्थान परिषद्को अयोजनामा मंगलबार जिल्ला स्वस्थ्य कार्यालय सल्यानमा भएको शिविरमा १ हजार ५३ जनाको मुटु चेक गरिएको हो । जसमा १६ जनाको मुटुमा रोग देखिएको र अप्रशेन गर्नुपर्ने भएको छ ।

बिहान ७ बजे देखि साँझ ६ बजेसम्म संचालन भएको शिविरमा गङ्गालाल हृदय केन्द्रका बरिष्ट डाक्टरहरुले मुटु चेकजाँच गरेका थिए । १० जना डाक्टर सहित २३ जनाको टोली शिविरका लागी सल्यान आएको थियो ।

शिविरमा देखिएका गम्भीर प्रकारका बिरामीहरुलाई आयोजकले काठमाडौं लिएर निशुल्क उपचार गर्ने उत्थान परिषद्का सल्लाहकार नेत्रलाल क्षेष्ठले बताएका छन् । उनका अनुसार सल्यानबाट अब निशुल्क उपचार गर्न अब काठमाण्डौँ १६ जना जानेछन् ।

शिविरले सहज भयो

मुटु चेकजाँच गराएकी छत्रेश्वरी गाउँपालिका ३ झिम्पेकी नोखि थापाले जिल्लामै यस्तो सेवा आउदा आफु ढंग भएको बताइन् । ७० बर्षीय थापाले आफु काठमाडौँ गएर मुटु चेक गराउने अवस्थामा नभएको भन्दै आफुले सल्यानमै सेवा पाउदा खुसी लागेको बताइन् ।

लेकाली अनलाइन सँग कुरा गर्दै उनले भनिन्– “म अब बुढेसकालमा मुटु चेक गर्न बाहिर जान सक्ने थिइन्, यहाँ शिविर बस्दा चेक गराए, केहि समस्या भएको रहेनछ्, अब ढुक्क भए ।”

त्यस्तै शारदा नगरपालिका ५ पिपलनेटाकी कलावती रेउलेले आफु मुटु चेक गराउन आएको र भिड हुँदा लामो समय पालो कुरेको बताइन् । उनले जिल्लामै यस्तो सुविधा हुँदा सबैलाई सहज भएको बताइन् । दिउँसको समयमा लेकाली अनलाइन सँगको कुराकानीमा उनले भनिन्– “अहिले नै मुटु चेक गराएकी छैन्, तर कुरिरहेकी छु, नजिकै उपचार गर्न आउदा खुसी लागेको छ ।”

यस्तो कार्य सधै गर्नुपर्छ

शिविरको अगुवाइ गरेका सल्यान उत्थान परिष्दका सल्लाहकार तथा पुर्व सांसद नेत्रलाल श्रेष्ठले यस्तो समाजसेवी काम सधै गर्नुपर्ने बताए । उनले आफुले अगुवाइ गरेपनि सल्यानमा विभिन्न राजनितीक दल र स्थानीय तहहरुकै सहयोगमा शिविर सम्पन्न भएको बताए ।

शिविर संचालनका लागी स्थानीय तहहरुले बजेटको आश्वासन दिएको उनले बताए । उनले भने– “हामी सल्यानका प्रत्येक स्थानीय तहमा पुगेर शिविरको कुरा राखिउ, उहाँहरुले सहयोग र सहकार्यको लागी प्रतिवद्धता जनाएपछि शिविर सम्पन्न भएको हो ।”

प्रकाशित मिति : २०७६ बैशाख १७ गते मङ्गलवार