• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

पत्रकार महर्जन २२ दिनपछि रिहा


बैशाख १७, काठमाडौ ।
न्हूगु ज्वजलपा वास् पौ साप्ताहिक पत्रिकाका सम्पादक तथा जनपत्रकार संगठन नेपाल, काठमाडौँका संयोजक जितेन्द्र महर्जन २२ दिनको हिरासत पछि रिहा भएका छन् । मंगलबार सर्बोच्च अदालतको आदेशपछि उनी रिहा भएका हुन् ।

नेपाल पत्रकार महासंघले दोस्रोपटक दायर गरेको रिटमाथी सुनुवाइ गर्दै मंगलबार दिपककुमार कार्की र हरिप्रसाद फुयालको संयुक्त इजलासले महर्जनलाई रिहा गर्न आदेश दिएको हो । महर्जन २०७५ साल चैत्र २६ गते समाचार संकलनका क्रममा काठमाडौको रामशाहपथस्थित नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यालय परिसरबाटै पक्राउ परेका थिए ।

नेपाल पत्रकार महासंघको तर्फबाट महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षकरणको रिट दायर गरेका थिए। रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले २०७६ बैशाख ८ महर्जनलाई रिहा गर्न आदेश दियो । अदालतकोआदेशलगत्तै सर्वोच्च अदालत परिसरबाटै प्रहरीले पुनः पक्राउ गर्यो । दोस्रोपटकको गिरफ्तारीका क्रममा अदालतको गेटमा महर्जनका बहिनी, आफन्त र समाचार संकलनका लागि पुगेका पत्रकारलाई समेत प्रहरीले धरपकड गरेको थियो ।

नेपाल पत्रकार महासंघको तर्फबाट महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षकरणको रिट दायर गरेका थिए । रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले २०७६ बैशाख ८ महर्जनलाई रिहा गर्न आदेश दिएको थियो । तर, अदालतको आदेशलगत्तै सर्वोच्च अदालत परिसरबाटै प्रहरीले पत्रकार महर्जनलाई पुनः पक्राउ गरेको थियो ।

घटनाको चौतर्फी बिरोध भएको थियो । नेपाल पत्रकार महासंघ, जनपत्रकार संगठन, नेवा पत्रकार संगठन, क्रान्तिकारी पत्रकार संगठन लगाएतका संघ संगठनहरुले पत्रकार महर्जन पक्राउको बिरोध गरेका थिए ।

प्रकाशित मिति : २०७६ बैशाख १७ गते मङ्गलवार