• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

सल्यानकाे छत्रेश्वरी गाउँपालिकाले दियाे सुत्केरी र जेष्ठ नागरिकलाई एम्बुलेन्समा २५ प्रतिशत छुट


नवीन पौडेल/ बैशाख १८, सल्यान । 

सल्यानको छत्रेश्वरी गाउँपालिकाले सुत्केरी र जेष्ठ नागरिकलाई एम्बुलेन्समा २५ प्रतिशत छुट दिने भएकाे छ । गाउँपालिकाद्वारा संचालित ४ वटा एम्बुलेन्समा अबदेखि छुट पाइने भएको हाे।

गाउँकार्यपालिकाको सम्पन्न २६ औ बैठकले  सबै बर्थिङ सेन्टरमा उपलब्ध बनाएका एम्बुलेन्स प्रयाेग गर्दा गाउपालिका भित्रका विभिन्न स्थरका नागरिकहरुलाइ छुट दिने निर्णय गरेकाे हो । घरमा हुने सुत्केरी सुन्ने पार्ने अभियान प्रोत्साहनका लागि गाउँपालिका भित्रका स्थानीय गर्भबति महिलाहरु बर्थिङ सेन्टर तथा स्वास्थ्य संस्था सम्म पुग्नको लागि २५ प्रतिशत छुटमा एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले बताए।

त्यसै गरि गाउँपालिका क्षेत्र भित्रका (क) बर्गका अपाङ्गता भयका ब्यक्ती,७० बर्ष पुगेका जेष्ठ नागरिक र ६० बर्ष पुगेका जेष्ठ दलित नागरिकका लागि जुनसुकै स्वास्थ्य सस्थासम्म पुग्नको लागि एम्बुलेन्समा २५ प्रतिसत छुटको ब्यबस्था गरिएको छ । (ख), (ग) र (घ) बर्गका अपाङ्गता भयका ब्यक्तिहरुको हकमा क्रमस १५, १० र ५ प्रतिशत छुट लागू हुने गाउँ स्वास्थ्य शाखा प्रमुख अम्मर शर्माले बताएका छन ।

कार्यपालिका बैठकले ५ किलोमीटर सम्ममा एम्बुलेन्सको भाडा न्युनतम ५ सय निर्धारण गरेको छ।कच्ची सडकमा प्रतिकिलोमिटर १ सय र पक्की सडकमा ७५ रुपैयाँ भाडादर समेत कायम गरिएको छ। गाउँपालिकाले ३१ लाख ५० हजार रुपैया खर्च गरेर ३ वटा एम्बुलेन्स खरिद गरेको थियो ।

आफ्नै कार्यालयको बजेट तथा विभिन्न योजना हरुबाट बचेको रकमबाट गाउँपालिकाले खरिद गरेका एम्बुलेन्स भोटेचौर, झिम्पे र दमाचौरका ३ वटा बर्थिङ सेन्टरबाट सन्चालनमा रहेका छन् । “आमा र बच्चाको ज्यान बचाउनको निम्ति बर्थिङ सेन्टर संचालनमा ल्यायौ,अहिले उहाहरु तथा अन्य नागरिक हरुकालागी छुटको ब्यबस्था मिलायका छौ”- गाउँपालिका अध्यक्ष सन्तोष केसीले भने।

समयमै बिरामीलाई अस्पताल सम्म पुर्याउन नसक्दा अकालमै धेरैले ज्यान गुमाउने बाध्यता छ अध्यक्ष केसिले भने,त्यसलाई मध्यनजर गर्दै एम्बुलेन्स खरिद गर्नुपरेको उनले बताए ।

प्रकाशित मिति : २०७६ बैशाख १८ गते बुधवार