• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

सल्यानको डाँग्रीमा शहरी स्वास्थ्य क्लिनिक स्थापना, १२ नम्बर वडामा सार्वजनिक सुनुवाई


बैशाख १८, सल्यान ।
सल्यानको शारदा नगरपालिका वडा नम्बर १२ स्थित डाँग्रीमा शहरी स्वास्थ्य क्लिनिकको उद्घाटन गरिएको छ । शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीको प्रमुख आतिथ्यतामा मंगलबार क्लिनिकको उद्घाटन गरिएको हो ।

स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका नगरबासीहरुलाई स्वास्थ्य सेवा दिने उदेश्यले त्यस्ता स्थनहरुको पहिचान गरि क्लिनिकहरुको स्थापना गरिएको नगरपालिकाले जनाएको छ । यसअघि नगरले यस्ता ५ वटा क्लिनिकहरुको स्थापना गरिसकेको जनाएको छ ।

त्यस्तै मंगलबारनै नगरपालिकाले सबै वडाहरुमा गर्दै आएको जनअभिमत बुझ्ने कार्यक्रम (सार्वजनिक सुनुवाई) १२ नम्बर वडामा पनि सम्पन्न गरेको छ । कार्यक्रममा सबै दलका प्रतिनिधिहरुले बिकास कार्य राम्रो भएको तर अनुगमनको अवस्था कमजोर रहेकाले सच्याउनुपर्ने धारणा राखेका थिए ।

उनिहरुले पुर्वाधार निर्मान सँगै तीनको स्तरिकरणमा पनि ध्यानदिन नगरपालिकालाइ ध्यानाकर्षन गराएका छन् । उठेका प्रश्नहरुको जवाफ दिदै नगर प्रमुख अधिकारिले सुझावका लागि सबैलाइ धन्यवाद दिदै गल्ती भएका कुराहरमा आफुहरु सच्चिने र बाचा गरिएका बिकासका कुराहरुलाइ पूरा गर्ने बताए ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कृष्न बहादुर शाहि, १२ नम्बर वडा अध्यक्ष तथा नगर प्रवक्ता दिपक कुमार हमाल, ४ नम्बर वडा अध्यक्ष सुधन बिस्ट, लेखा अधिकृत बामदेभ गौतम, अधिकृत केशव बुढाथोकी लगाएतको सहभागी रहेको थियो ।

यसैबिच मंगलबार नै बसेको शारदा नगरपालिकाको बैठकले नगरले निर्माण गरेका सडकहरुको सुरक्षा गर्न सडक सम्भारकर्ताहरुको छनौट गरेको छ । प्रती २ किलोमिटर बराबर १ जना रहने गरि करिव ६ दर्जन सम्भारकर्ता छनौट गरिएको नगरले जनाएको छ ।

यस्तै बैठकले नगरका १५ वटै वडाका अत्यावश्यक क्षेत्रका लागि भन्दै १ सय ५० थान बिध्युत पोल र तार बितरण गर्ने निर्णय गरेको प्रवक्ता दिपक हमालले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ बैशाख १८ गते बुधवार