• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

ट्रकसँग कार ठोकिदा नेकपा दाङका दुई नेता घाइते


बैशाख १८, दाङ ।

ट्रक सँग कार ठोकिदा नेकपा दाङका दुई नेता घाइते भएका छन् ।

तुलसीपुर १५ निवासी नेकपाका नेता लक्ष्मण शर्मा र मनोहर बुढाथोकी बुधबार बिहान ९ बजेतिर बा १९ च १३३ नम्बरको कारमा बुटवल जाँदै गर्दा पूर्बपश्चिम राजमार्ग अन्र्तगत पुर्वबाट पश्चिमतर्फ आउदै गरेको ना ६ ख ४३४९ नम्बरको ट्रकसँग ठोकिएर दुर्घटनामा परेका हुन् । दुर्घटना अर्घाखाँचीको सितगंगा नगरपालिका ८ सातमारा भन्ने स्थानमा भएको प्रहरीले बताएको छ ।

शर्माको करङ्गमा चोट लागेको छ, भने बुढाथोकीको अनुहारमा चोट लागेको प्रहरी चौकी सातमारा अर्घाखाचीले जनाएको छ ।

घाईते दुवै जनाको थप उपचारका लागी कोहलपुर रिफर गरिएको छ । घाईते भएका शर्मा नेकपाका नेता हुन भने बुढाथोकी युवा संघ नेपाल प्रदेश न ५ का प्रमुख हुन् ।

प्रकाशित मिति : २०७६ बैशाख १८ गते बुधवार