• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

माओवादीको आक्रमणमा परि १५ सुरक्षाकर्मी र एक ड्राइभरको मृत्यु


बैशाख १८, काठमाडौं ।

भारतको महाराष्ट्र प्रदेशस्थित गढचिरौलीमा माओवादी आक्रमणमा १५ सुरक्षाकर्मी र एक ड्राइभरको मृत्यु भएको छ ।

कुरखेला तालुकानजिकै माओवादीले थापेको एम्बुसमा सुरक्षा बलको गाडी परेको हो । महाराष्ट्र सरकारका मन्त्री सुधीर मंगतीवारले पनि घटनाको पुष्टि गरेका छन् ।

महाराष्ट्र पुलिसको सी ६० कमाण्डोज् एम्बुसमा परेको हो । माओवादीको गुरिल्ला रणनीतिको सामना गर्न महाराष्ट्र पुलिसले एक विशेष दल बनाएको थियो, जसमा स्थानीय जनजातिलाई समेत संलग्न गराइएको छ । १९९२ मा बनेको यो विशेष दलमा ६० स्थानीय जनजातिका मानिसहरु छन् ।

प्रकाशित मिति : २०७६ बैशाख १८ गते बुधवार