• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

राष्ट्रपतिकाे सवारी हुँदा राजाकाे झल्काे : जमिनमा गुड्नेदेखि आकाशमा उड्ने सम्मका साधण ठप्प


बैशाख १८, काठमाण्डौ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण नेपालमा गनतन्त्र नभएकाे जस्ताे आभास हुन थालेकाे छ । कम्युनिस्ट पार्टीबाट राष्ट्रपति बनेकी भण्डारी स्वर्गीय मदन भण्डारीकी श्रीमती समेत हुन् । तर उनकाे देशभित्र तथा देश बाहिर सवारी  हुँदा सडकमा गुड्ने देखि आकाशमा उड्ने सवारी साधानहरु ठप्प हुने गरेका छन् । जसले राजाहरुकाे सवारी जस्तै झल्काे दिने गरेकाे छ ।

चिन भर्मणबाट स्वदेश फर्किदा बुधबार पनि काठमाण्डौको आकाश खाली गराइएको छ । चीनको साताव्यापी भ्रमण टुंग्याउँदै राष्ट्रपति भण्डारी स्वदेश फर्किंदा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने अरु जहाजहरु झण्डै एक घण्टा आकाशमै घुम्न बाध्य भए ।

चीनको स्वशासित क्षेत्र तिब्बतबाट आउनुभएकी राष्ट्रपति भण्डारी १० बजेर ९ मिनेटमा अवतरण गरेपछि पनि धेरैबेरमा अरु जहाजले पालो पाएनन् । राष्ट्रपतिको जहाजभन्दा पहिले नै चीनको चेङ्दुबाट आएको एयर चाइनाको जहाजले तीन फन्को लगाउँदा पनि अवतरणको पालो नपाउँदा उतै फर्किएको छ ।

यस्तै कतारको दोहाबाट आएको हिमालयन एयरलाइन्स भारततिर फर्किएको छ । वीरगञ्ज र हेटौँडाको आकाशमा चार फन्को लगाउँदा पनि पालो नपाएपछि जहाज फर्किएको हो ।

मुम्बइबाट आएको इथोयोपियन एयरलाइन्स पनि निकैबेर आकाशमा फन्को लगाएको छ । राष्ट्रपति भण्डारी चीन जाने बेलामा पनि झण्डै ४० मिनेट उडान र अवतरण ठप्प भएको थियो ।

राष्ट्रपतिको सवारीको बेला हवाइ उडान र सडक यातायात ठप्प बनाउँदा यात्रुले हैरानी खेप्ने गरेका छन् । यसको तीव्र आलोचना भैरहे पनि सम्बन्धित निकायले ध्यान दिएका छैनन् ।

प्रकाशित मिति : २०७६ बैशाख १८ गते बुधवार