• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

नेकपा पोलिटब्युरो सदस्यमा सल्यानबाट बस्नेत र ज्वाला


बैशाख १९, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीको पोलिटब्युरो सदस्यमा सल्यानबाट टेक बहादुर बस्नेत र प्रकाश ज्वालाकाे नाम आएकाे छ । नेकपाको जिल्ला एकीकरण टुंगिएलगत्तै शीर्ष नेतृत्वले पोलिटब्युरो सदस्य चयनमा पनि सैद्धान्तिक सहमति जुटाएको हो ।

नेकपा उच्च स्रोतका अनुसार वरिष्ठ नेता माधव नेपाल अमेरिका जानुपूर्व पोलिटब्युरो गठनमा सहमति जुटेको हो । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँग भएको छलफलका क्रममा तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रको केन्द्रीय कमिटीमा रहेकामध्ये वरिष्ठतालाई आधार मानेर पोलिटब्युरो सदस्य बनाउने सहमति भएको छ ।

नेकपाभित्र कम्तीमा दुईपटक केन्द्रीय सदस्य भइसकेकामध्येबाट पोलिटब्युरो सदस्य चयन गर्ने तयारी छ। त्यसमा पनि बाहुन क्षेत्रीको हकमा तीन र महिला, दलित, जनजाति र मधेसीको हकमा दुई कार्यकाल केन्द्रीय सदस्य हुनुपर्ने मापदण्ड लागू गर्ने सहमति नेताहरुले गरेका छन्।

नागरिक दैनिकलाइ आधार मान्ने हाे भने पोलिब्युरो गठन गर्दा केपी ओली समूहबाट ३८, पुष्पकमल दाहाल समूहबाट ४९, माधवकुमार नेपाल समूहबाट ३६, रामबहादुर थापा समूहबाट १०, वामदेव गौतम समूहबाट ७ र नारायणकाजी श्रेष्ठ समूहबाट ७ जना पर्ने भएका छन् । जसमा सल्यानका बस्नेत प्रचण्ड समुह र ज्वाला नेपाल समुहमा रहेका छन् ।

नेकपा उच्च श्रोतका अनुसार दुई अध्यक्ष र वरिष्ठ नेताबीच पोलिटब्युरो गठनबारे सहमति भएको छ । नेपाल अमेकिाबाट फर्केलगत्तै यसले पूर्णता पाउने श्रोतले बताएको छ ।

यसअघि नै भएको सहमतिअनुसार तत्कालीन एमालेबाट ८१ र तत्कालीन माओवादीबाट ६६ जना सदस्य पोलिटब्युरोमा पर्नेछन्। तत्कालीन एमालेमा ६५ जनाको पोलिटब्युरो रहेकाले उनीहरूमध्येबाटै चयन गर्ने र बाँकीको हकमा दुईपटक केन्द्रीय सदस्य भइसकेकाबाट वरिष्ठतालाई हेरेर बढुवा गर्ने सहमति पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भएको छ। तत्कालीन माओवादीको ९९ सदस्यीय सचिवालय रहेकोमा तीमध्ये वरीयताका आधारमा ६६ जनालाई मात्र पोलिटब्युरोमा समेट्ने तयारी छ।

यस्तो छ नेकपाका पोलिटब्युरो सदस्यको नाम लिस्ट


लिस्ट नागरिक दैनिकबाट

प्रकाशित मिति : २०७६ बैशाख १९ गते बिहिवार