• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

सल्यानका एक व्यापारी : जसले पहिरो पीडितलाई जस्तापाता देखि विद्यार्थीहरुलाई निशुल्क पोशाक दिए


बैशाख १९, सल्यान ।
सल्यानका एक युवा व्यवसायीले निशुल्क पोशाक वितरण गरेका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ मयनी घर भइ हाल श्रीनगरमा एलिसा वस्त्रालय नामक कपडा पसल संचालन गर्दै आएका व्यापारि खिम केसीले छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ दहखोलामा रहेको भगबती आधारभुत विद्यालयका विद्यार्थीहरलाई पोशाक वितरण गरेका हुन् ।

विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार १८ जना विद्यार्थीलाई कपडा सहयोग गरेको विद्यालयका प्रधानध्यापक टिकाराम ओलीले बताएका छन् । विद्यालयको ४४ औ बार्षिकत्सव कार्यक्रमको अबसर पारेर केसीले पोशाक वितरण गरेका हुन् । केसीले यस अघि उक्त विद्यालयलाई निशुल्क रुपमा जस्तापाता र गाग्री वितरण गरेका थिए ।

त्यस्तै यी व्यसायीक केसीले गत भदौ महिनामा पनि पहिरोले घर भत्किएका दहखोलाका याम बहादुर ओलिको परिवारलाई राहत स्वरुप जस्तापाता निशुल्क सहयोग गरेका थिए । भाइ इन्जिनियर शेर बहादुर केसी र उनले संयुक्त रुपमा आफ्न्नै लगानीमा ३४ हजार ५ सय मुल्य बराबरको ४ बन्डल जस्तापाता सहयोग गरेका थिए ।

याे पनि पढ्नुहाेस् : सल्यान दहखाेलाका पहिरो पीडितलाई श्रीनगरका एउटै परिवारले ३४ हजार बढीकाे जस्तापाता सहयोग गरे

त्यसैगरी केसीको परिवारले गएको भदौमा पनि छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ स्थित त्रिभुवन जनता माबी भोटेचौरमा अध्ययनरत सुस्त श्रबन विद्यार्थीहरुलाई पोशाक वितरण गरेका थिए । उनले त्यतिखेर १५ जना सुस्त मनस्थितीका विद्यार्थीहरुलाई पोशाक दिएका हुन् ।

याे पनि पढ्नुहाेस् : सल्यानकाे भाेटेचाैरमा १५ जना सुस्त मनस्थितीका विद्यार्थीहरुलाई निशुल्क पोसाक वितरण

प्रकाशित मिति : २०७६ बैशाख १९ गते बिहिवार