• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

सुचना प्रविधि दिवसकाे अवसरमा सल्यानकाे कपुरकाेटमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न


शंकर के सी / बैशाख १९, सल्यान ।
संचार तथा सूचना प्रविधि दिवसको अवसरमा कपुरकोट गाउँपालिकाले वक्तृत्वकला प्रतियोगिता समपन्न गरेको छ । स्थानिय विकास र सुशासनका लागी सूचना प्रविधिको महत्व विषयक मावि स्तरिय वक्तृत्वकलामा नेरामावि किमुचौरकी छात्रा मिशन डाँगी प्रथम र जीवनजयोती मावि रीमकी छात्रा सेविका पुन द्वितीय भएको आइटी इन्जीनियर बुद्धिराज पौडेलले बताए । उनीहरुलाइ क्रमशः २ हजार र एक हजार पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले सुशासन कायम गर्न सूचना प्रविधि अपरिहार्य रहेकाले कपुरकोट गाउापालिकालाइ प्रविधिमैत्री बनाउन अग्रसर रहेको बताए । गाउँपालिकाका हरेक योजना, कार्यक्रम तथा निर्णयहरु वेवसाइड, फेसबुक पेज तथा संचार माध्यमहरु मर्फत जानकारि गराउने कार्य गरिरहेको उनले बताए ।

किसानका लागी मोवायल एप्स, गाउँपालिकाको छुट्टै एप्स सञ्चालनमा ल्याएर बढि भन्दा बढि सूचना र गाउापालिकाबाट प्रवाह हुने सेवाका बारेमा छर्लंग हुने गरि राख्ने कार्य आफुहरुले गरिरहेको अध्यक्ष सेनले बताए ।

देवेन्द्र कुमार सेनले सहजीकरण गरेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले प्रविधिले सेवा दिने र सेवा लिने दुबैलाइ बढि फाइदा पुर्याउने भएकाले उपयोग गर्नुको विकलप नरहेको बताइन् । आइटी अफिसर बुद्धिराज पौडेलले गुणस्तरिय सेवाका लागी सूचना प्रविधिको महत्व धेरै रहेको चर्चा गरे ।

कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष हरिलाल पुन, कार्यपालिका सदस्य ठकविर कामी, विषयगत शाखाका प्रमुखहरु, शिक्षक, विद्यार्थी लगाएतको सहभागीता थियो ।

प्रकाशित मिति : २०७६ बैशाख १९ गते बिहिवार