बैशाख १९, कञ्चनपुर ।
विप्लव नेतृत्व नेकपामा आस्था राखेकाे भन्दै प्रहरीले एक शिक्षकलाइ पक्राउ गरेकाे छ । अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष विवेक लम्साललाई प्रहरीले गिरफतार गरेकाे हाे ।
आफन्तसँग भेटघाटकाे शिलिशिलामा गएका उनलाइ बैशाख १७ गते प्रहरीले गिरफतार गरेकाे जनाइएकाे छ । गिरफतारपछि प्रहरीले कुनै जानकारी समेत नदिएकाे आफन्तले बताएका छन् ।
आस्थाकै आधारमा लम्साललाई पक्राउ गरिएकाे भन्दै नेकपा कञ्चनपुरले आपत्ति जनाएकाे छ ।