• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

सल्यान कपुरकोटमा ४५ दिने पलम्बर तालिम सकियो


बैशाख १९, सल्यान ।
सल्यान कपुरकोटमा १४ जना पलम्बर तयार भएका छन् । ४५ दिने तालिम लिएपछि १४ जना युवाहरु पलम्बर सम्बन्धी काम गर्न सक्षम भएका हुन् ।

कपुरकोट ४ का एकराज बुढाले खानेपानी योजनाका मर्मत सम्भार तथा घरमा पाइप फिटिङको काम गर्न सक्ने ज्ञान र सिप तालिमबाट प्राप्त गरेको बताए । ‘पाइप सम्बनधी तालिम भन्दा खेरी शुरुमा सामान्य होला जस्तो लागेको थियो, तर यसमा धेरै कुराहरु पर्नेरहेछन्,’ उनले भने, ‘महत्वपूर्ण सिप सिकिएको छ, अव हाम्रा गाउँका कुनै पनि योजना अलपत्र पर्नेछैनन् ।’

तलिमको समापन अवसरमा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले आफ्नो गाउापालिकाभित्र खानेपानी तथा सरसफाई आयोजनाको मर्मत संभार कार्यमा प्राविधिक ज्ञानको स्तर बृद्धि हुने, उत्पादित जनशक्तिले सामान्य मर्मत तथा संभार कार्य आफैले गरी आयोजनालाई निरन्तर संचालनमा ल्याउन सक्षम हुने अपेक्षा ब्यक्त गरे ।

गउापालिका उपाध्यक्ष तिला बुढा मगर, घरेलु तथा साना उद्योग विकास समितीका वरिष्ठ उद्योग अधिकृत लोकनाथ खतिवडा लगाएतले बोल्दै सिपमुलक तालिम लिएकाहरुले स्वदेश तथा विदेशमा राम्रो राम्रो अवसर पाउने बताएका थिए । सहभागीको तर्फबाट बोल्दै वेद प्रकाश वोहोराले सिकेको सिप लागू गरेर आर्थीक आयआर्जन तर्फ लाग्ने बताएका थिए ।

कपुरकोट गाउँपालिका र घरेलु तथा साना उद्योग विकास समिती सल्यानको सहकार्यमा सञ्चालन गरिएको तालिममा सिपिभिसी, पिभीसी पाइप पिटिङ सम्बन्धी ज्ञान प्रदान गरिएको प्रशिक्षक शोभाराम रावलले जानकारि दिएका छन् ।

प्रकाशित मिति : २०७६ बैशाख १९ गते बिहिवार