• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानका दुई दाजुबहिनी : बुबाको मृत्युपछि भागेकी आमालाई भेट्न जाँदा मरानसन्न हुनेगरी कुटिन्


दुर्गा विसी / बैशाख १९, सल्यान ।
सल्यानमा २ बालबालिका अभिभावक विहीन भएका छन् । जिल्लाको बनगाड कुपिण्डे वडा ७ लेखसँग्रही दारिमचौरका ९ वर्षीय मोहन पुन र ७ वर्षीया जुना पुन २ बर्षदेखि अभिभावक नभएर बिचल्लीमा परेका छन् । उनका बुवाको मृत्यु र आमाले दोस्रो विवाह गरेका कारण घरमा कोहि छैन् ।

बुबा बीर बहादुर पुनको ३ वर्ष अघि मृत्यु भएको थियो । त्यसपछि आमा तुलकुमारी पुन अर्को व्यक्तिसँग विवाह गरेर गइन् । यसरी घरमा आमाबुबा नभएपनि उनिहरु बिचल्लीमा परेका हुन् ।

अहिले उनिअरु घुमन्ते जिवन बिताइरहेको स्थानीयले बताएका छन् । गाउँ तथा बजारमा डुल्दै मागेर उनिहरुको जिवन चलाउन उनिहरु बाध्य भएका छन् ।

घरको अन्य अभिभावक समेत नहुदाँ उनिहरु १ वर्ष देखि सडक पेटी र कहिले जँगलको बास बस्ने गरेको स्थानीयले बताए । विद्यालय देखि पढाई लेखाईको कुरा त परै जावस खानेकुरा केहि नपाउँदा उनिहरु भोक भोकै दिन रात गुर्जाने गरेको उनिहरुले सुनाए ।

घरमा अन्य आफ्न्त अभिभाक नभएको र गाउँघरले समेत रेखदेख नगरको उनिहरुको दुखेसो छ । दोस्रो विवहा गरि अर्काको घर गएकी आमालाई भेटन जाँदा आमा तुलकुमारी पुनले मरानसन्न हुने गरी कुटेको जुनाले बताईन् ।

प्रकाशित मिति : २०७६ बैशाख १९ गते बिहिवार